रसुवामा नया सक्तिमा लाग्नेको भिड


rahare

भोर्लेमा भएको भेलाका सहभागीहरु

रसुवा सम्बाददाता  ;नयाँ शक्ति निर्माण अभियानले रसुवा जिल्लालाइ पनि छोएको छ । भोर्ले गाविसमा एक भेला हालै सम्पन्न भएको छ ।भेलाले टेक प्रसाद लामिछानेको संयोजकत्वमा १२५ सदस्यीय नयाँ शक्ति निर्माण अभियान भोर्ले गठन गरेको सूचना पुर्ब सभासद प्रेम तामांगले गराएका छन ।
भोर्लेका युवाहरुको छुट्टै भेलाले रवि घलेको संयोजकत्वमा ५१ सदस्यीय नयाँ शक्ति निर्माण युवा अभियान गठन भएको समेत तामांग सामाजिक संजाल मार्फत बताएका छन । एमाओवादीबाट नयाँ शक्तिमा रुपान्तरण भएका अन्य पार्टीबाट नयाँ शक्ति मा रूपान्तरण भएका र फ्रेश साथीहरुको उपस्थितिले भेला अत्यन्तै उत्साहपुर्ण रहेको तामांगले बताए ! उनले भने ‘नयाँ शक्ति निर्माण अभियान अर्न्तगत रसुवा जिल्ला लहरेपौवा गा.वि.स.को भेला सम्पन्न गरि अनन्त प्रसाद न्यौपानेको संयोजकत्वमा ७५ सदस्यीय नयाँ शक्ति निर्माण अभियान लहरेपौवा गठन भएको छ ।
नया सक्तिमा रहरे युवा मात्र
पुर्ब सभासद तामांगले दाबी गरे जस्तो एमाओबादी छोडेर नया सक्तिमा लाग्ने कमै छन । जो लागेका छन ,ति राजनीति गर्न रहर गर्ने युवाहरु हुन् । त्यिनले कस्तो राजनीति गर्ने हुन् अहिले नै भन्न सकिन्न एमाओबादी एक जिल्ला नेताले भने यो रहरेहरुको भिड मात्र हो । भोलि यिनबाट ठुलो आशा गर्न सकिन्न !

Loading...

यसमा तपाइको मत

अन्य समाचार