अर्थमन्त्री बिष्णु पौडेलबाट के चाहन्छन बुटवलबासी ?


bishanu-paudel

एमालेभित्र सालिन व्यक्तित्व भएका, गुटको राजनीति नगर्ने छवि बनाएका, विष्णु पौडेल अर्थमन्त्री भएपछि बुटवलवासी खुसी भएका छन् । गत २०७२ को संविधानसभाको चुनावमा नवलपरासी र बुटवलबाट उठ्ने हल्ला चलेपनि पौडेल नवलपरासीबाट उठेका थिएनन् । रुपन्देहीको क्षेत्र नं. ४ लाई विष्णु पौडेलले एमालेको नेपाल भरमै बलियो गढ बनाएका छन् । रुपन्देहीमा पौडेल विकासवादी नेताको रुपमा स्थापित छन् । पछिल्लो पटक उनी के.पी. ओलीको प्रमुख खम्बाको रुपमा चिनिदै आएका छन् । गएको पार्टी महाधिवेशनमा महासचिव लड्न पार्टी भित्रकै एकथरीको माग भएता पनि पार्टीको स्थिति मिलाउन र के.पी. ओलीलाई अध्यक्षमा जिताउन उनी पछि हटेका थिए । अघिल्लो संविधानसभाको चुनावमा देशैभरी एमाले बढारिदा पनि बुटवलमा उनको सानदार जित भएको थियो । यसपालि एमालेले उनको त्याग, सक्रियता, भूमिका र क्षमता हेरेर अर्थमन्त्री बनाएको छ । उनी अर्थमन्त्री बनेपछि बुटवलवासीको प्रतिक्रिया यस्तो छ ।
सन्तोष मल्ल
हामी एकदमै खुसी छौं । बुटवलको विकास अब तेब्बर गतिमा बढ्छ जस्तो छ । मेरो घर नजिक दुई ठूल्ठूला पुल बन्ने भए । हाम्रो गाउँमा एउटा पुस्तकालय खोल्ने कुरा पनि छ ।
महेन्द्र कंडेल
रामै्र होला । भोट देर जिताको हो । तिनाउ खोलामा तटबन्ध बन्छ की । आजसम्म विष्णु पौडेलले बुटवललाई माया गरेकै छन् ।
पवित्रा गुरुङ्ग
विष्णु पौडेलका लागि चुनाव प्रसारप्रचारमा जाँदा मेरो ११ हजारको नयाँ मोबाइल हराएको थियो तर मलाई त्यसको चिन्ता छैन । बुटवलको विकास भए हुन्छ । उनी देशकै विकास गर्न सक्ने मान्छे हुन ।
दीपक परियार
म त भोट न हालेको मान्छे । मेरो पार्टीको चुनाव वहिष्कार नीति थियो । तर पनि मेरो सबै परिवारले विष्णु पौडेललाई भोट हाले । प्रचारप्रसारमा लागे । सुकुम्बासीमा लालपुर्जा दिन्छु भनेथे के भयो त्यसबारेमा ? पुल चाँही पक्का बन्ने भएछ ।
रोहित गुरुङ्ग
विष्णु पौडेललाई जिताउने हामी युवा हो । युवा स्वरोजगार कार्यक्रम सक्रिय बनाउनु पर्छ । युवाका निम्ति स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ ।
गोमा घर्तीमगर
हाम्रो गाउँको तल र माथि पिचबाटो बनिसक्यो । मेरो घर अगाडिको बाटो मूलबाटो हो । यसलाई पिच बनाइदिए हुने थियो ।
लक्ष्मी सेन्चुरी
लोड सेडिङ्गका कारण साह्रै दुःख पाइयो । लोड सेडिङ्ग घटाइदिए राम्रै हुने थियो ।
सुनीता हमाल
सामाजिक क्षेत्रमा लगानी बढाइ दिए हुने । महिला सुरक्षा सरोकारमा र महिला सशक्तिकरणमा बजेट थपदिए हुने ।
सुबेदार सचिव
बुटवलमा पुल, बाटो र सिंचाई महत्वपूर्ण कुरा हो । यी कुरा पहिला हुनुपर्छ ।
लाहुरे दाई
महङ्गी एकदमै बढ्यो बाच्नै नसकिने भयो । महङ्गी नियन्त्रण गर्नु  पर्यो ।
प्रस्तुति ;किरण बिके

Loading...

यसमा तपाइको मत

अन्य समाचार