तेल माफिया सुर्केस बोकेर वकिलको घरतिर


काठमाडौं, १३ पुस । काठमाडौंका प्रहरी प्रमुख विक्रम सिंह थापाले करोडको अफर लत्याएपछि सरकारी वकिल किन्न हिडेका दुगडका बिचौलियाहरू पछिल्लो समय काठमाडौंका जिल्ला न्यायाधीशहरूको घर ठेगाना खोज्दै हिडेको समाचार छ ।

केएल दुगडको उत्पादन खाने तेलको कृत्रिम अभाव सिर्जना गरेर संस्थागत रूपमै कालो बजारी गरेको प्रमाणित भएपछि विक्रम सिंह थापाले दुगडको गोदाममै छापा मारेका थिए । यसबीचमा मुद्दा नचलाउन र पक्राउ नगर्न भन्दै दुगडले सरकारका उच्च पदस्थ व्यक्तिहरूमार्फत प्रयास गरेपनि सफल भएका छैनन् ।

मन्त्रीले केएल दुगडको कालोबजारी काण्ड जोगाउन नसकेपछि उनले काठमाण्डुका एसएसपी थापालाई करोडको अफर गरेको स्रोतले जनाएको छ । तर, कालोबजारी गरेर गरिब जनताको चुल्होमा हमला गरेको भन्दै थापा मिडियामा समेत झन् कडा रुपमा प्रस्तुत भएपछि दुगड समूहको विचौलिया बनेर सुशील नाहाटा नामका एकजना दलाल पैसाको थौलो बोकेर हिडेंका थिए । साँघु साप्ताहिकमा खबर छ ।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार