भखरै एम्बुलेन्स दुर्घटनामा ३ जना ठहरै


  • जितेन्द्र भण्डारी

पाँचथर,पौष १३, मेचीराजमार्ग अन्र्तगत इलामको गोदक ४ तिनघरेमा आज विहान ५ वजे भएको एम्बुलेन्स दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा पाँचथर फिदिमका ६० वर्षिय नरीमाँया चौहान,४२ वर्षिय आनन्द अधिकारी, र २० वर्षिय रेनुका अधिकारी रहेका छन् । झापाको विर्तामोड बाट फिदिम तर्फ आउँदै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।गम्भिर घाइते हुनेमा चालक सुरुङ्गा ३ का ज्ञान नाथ प्रसाई र फिदिम नगरपालीका १ का टीकाराम अधिकारी रहेका छन ।

घाइतेलाई विर्तामोड लगिएको छ । झापाबाट फिदिम विमारी लिएर मे.च. १७४७ नं को जनमैती सामाजीक संस्थाको एम्बुलेन्स मेची राजर्मागको गोदक खण्डमा सडकबाट करिव ३०० मिटर तलझरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ पुर्बेली न्युजमा खबर छ   ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार