घनश्याम राजकर्णिकारको जीवनको एक अध्याय पढ्दा


kiran bk

 किरण बिक

साहित्यिक र व्यवसायिक जगतमा घनश्याम राजकर्णिकार चिनाइरहनु पर्ने नाम होइन । उनलाई नजिकबाट चिन्नेहरू एक इमान्दार , अन्तर्मुखी , सहयोगी र एक्दमै अध्ययनशिल व्यक्ति हो भन्छन । साहित्यिक र व्यवसायिक दुइ पुर्ब पश्चिम पाटाहरुको बेजोड संगम गराउन सक्ने ताकत घनश्याम राजकर्णिकारसंग छ भनेर उनका अन्य थुप्रै कृतिहरुले प्रमाणित गरिसकेका छन् ।यस लेखमा उनको एक कृतिको छोटो समिक्षा गरिनेछ ।

aama
” पबित्र सम्झना आमाको ” – अरु कतिपय ले झैँ समर्पण गरेर मात्र होइ कि किताब नै आमाको माया , भूमिका , बाध्यता , आमाको नराम्रो बानि , आमाको बारेमा चलेका हल्ला लगायत अनेक पाटाको सविस्तार तर इमान्दार बर्णन छ । मेरो विचारमा आफ्नी आमाको बारेमा यो कृति आजसम्मकै यथार्थपरक किताब होला किनभने धेरैले आफ्नी आमाको सम्मान राम्रा कुरा मात्र लेख्ने , देबी देवतासंग तुलना गर्ने जस्ता काम मात्र हुन्छ ।
यसमा त्यस्तो एकोहोरो तारिफ छैन . ।आमा सिधि साधि हुनुहुन्थ्यो . नेवार भाषा मात्र बोल्न जान्ने उहाको श्रीमानको मृत्यु पछि घरमै अपहेलित हुनुपरेकोथ्यो । पहिलोपटक बर्फी चोरेर खादा अनि चोर पक्डिदा र दाइको हप्कीदप्की खादा आमाको मायाको छहारिले बचेको सम्झना उनि किताबमा छ ।
बच्चाबच्ची उमेरमा आमालाई खुब सताउने उनले तामाको नमिठो बास्ना आउदा केहो भनि सोद्धा आमाले यो त साधेको मासु हो भन्ने उत्तर पाएको र बर्षौसम्म तरकारी तामाबाट टाढा बसेको रमाइलो कुरा पनि छ । पुलिस कांग्रेस र बाबुसाहेबहरुका बारेमा आमाले आम धारणा सुनाइदिएपछि उनलाई नि पुलिस भनेको दुख दिने पिट्ने जात , कांग्रेस भनेको जात नभएको लाफंगाहरुको अधर्मी सौहा भन्ने परेछ अनि र बाबुसहेबहरू चाही राणा साहेब ठुलाबडा जान्नेसुन्ने भन्ने परेछ ।युवक हुदै जादा उनको यी कुरा भ्रम हुन् पुगेछन र आफै मुल्यांकन गर्न सक्ने भएछन ।
आमासँगको अनेक किसा सम्झिदा उनि आफ्नो कान पाकेर पिप बगेको आमाले खेतबारीमा गएर खै के हो पात लिएर निचोरेर रस कानमा हलिदिएको तत्कात सन्चो भएको र आमालाई ठुलै बैद्य मानेको तर पछि कालान्तरमा त्यसै कारण कानमा झन् ठुलो समस्या आएको सम्झनछन ।उनको बिहे सम्बन्धि अझ रोचक एउटा कथा छ . उनका दाजुहरु समाजमा थुप्रैसंग झगडा गरेका रहेछन ।यत्तिकैका घनश्यामको बिहे गर्ने बेला भएछ ।
केटि पनि खोजि भएछ कुरो मिलेछ तर दाजु संगको रिस पोख्न दुस्मन हरुले घनश्यामको पिसाबको अपरेसन गरेको र उ अब कहिल्यै बाउ बन्न नसक्ने – बच्चा जन्माउन नसक्ने भएको छ भनेर हल्ला फ़ैलाएछन । भयो मर्नु , भाको के रेछ भने उनि केहि महिना अघि अपेण्डिसाइट्स को अपरेसन गरेका रहेछन । यो हल्ला त ब्यापक भएछ ।कतिको घरमा नि पुगेछ । अब त सबै बिग्रियो भन्ने भयो उता घनश्याम्लाइ नि उत्तिकै तनाब अनि घनश्याम्ले केटीलाई चिठी लेखेछन आफ्नी हुनेवाला श्रीमतीलाई सबै कुरा खुलस्त राखेर ।
अनि त उनि कन्भिन्स भएपछी बिहे भयो ।आमालाई अरु हरुले बोक्सी अलच्छिनी भनेको कुरा पनि यो किताबमा छ । सुरुमा घनश्याम बिवाह नगर्ने सोच मा रहेछन । बिहेको प्रस्ताब सुन्ने तर लत्याउने ।
यसरि प्रस्ताब लत्याउदा उनि एक प्रकारको गर्ब अनुभव पनि गर्दा रहेछन । तर आमाली भने चिन्ता लाग्न थालेछ । आमाले झिलिमिली सारी नै हुनेवाला बुहारीलाइ चाहिन्छ भन्दै किन्दै थुपारे पछि र धेरै पछि आमा बिरामी हुदा आमाको करले उनले बिहे गरेका रहेछन . थुप्रै घरपरिवारको झैँ उहाको घरमा पनि अनेक किचलो सुरु देखि नै थियो . उहाँले यो सब लेखेका छन् . समग्रमा घनश्याम राजकर्णिकारले आमा को बारेमा आफ्नो उतार चढावको बारेमा , कर्णिकार समाज स्थापनाको बारेमा कृष्ण पाउरोटीको स्थापना र अपनत्व विरासतको बारेमा पनि छ किताब . लेखक लाइ साधुबाद .

Loading...

यसमा तपाइको मत

अन्य समाचार