‘मर्निङ वाक’ रहेका एमाले नेताको हत्या


पुस १४, २०७२- एमाले जिल्ला कमिटी सदस्य ५८ वर्षीय रामनरेश रायको आज बिहान आफ्नै गाउँ हेमपुर गाविस–७ मा हत्या भएको छ ।
‘मर्निङ वाक’ मा रहेका बेला विहान करिब ६ बजे धारिलो हतियार प्रहार गरेर रायको हत्या भएको प्रहरीले जनाएको छ । विहान अन्य साथीसँगै पैदल निस्केका उनको हत्या कस्ले गर्‍यो भन्ने खुलेको छैन ।
उनको टाउको र मुखमा धारिलो हतियारले हानिएको छ । हत्याराको खोजीका लागि कुकुर मगाइएको र अन्य अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए कान्तिपुरमा खबर छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार