नाच सिकाउनेले बच्चा अपहरण गरेपछि


काठमाडौं, डान्स सिकाउने भन्दै तीन बालिकालाई तीन सातासम्म बन्धक बनाएको आरोपमा दुई युवती पक्राउ परेका छन् ।

नुवाकोट टाउछेकी रोजी लामा र गुल्मी रुरु घर भएकी पार्वती थापामगरलाई प्रहरीले मंगलबार माछापोखरीबाट पक्राउ गरेको हो । माछापोखरीस्थित आफ्नै डेरामा १९ दिनदेखि उनीहरुले परिवारलाई समेत जानकारी नदिई बन्धक बनाएका थिए । अभिभावकले खबर गरेपछि उनीहरुलाई पक्राउ गरी तीन बालिकालाई उद्धार गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी विमलराज कँडेलले बताए । पक्राउ परेकालाई अपहरण तथा शरिर बन्धक मुद्दामा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । नुवाकोटकी १२ वर्षि निर्मला तामाङ, १३ वर्षिय प्रनिसा तामाङ र १५ वर्षिया अनुसा नगरकोटीलाई उद्धार गरिएको स्वयम्भु वृत्तका इन्सपेक्टर राजेन्द्र थापाले बताए । घुमाउन लैजाने भनेर उनीहरुले बालिकाहरुलाई काठमाडौं ल्याएका थिए । १८ दिनसम्म नफर्किएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनीहरुको डेरा पत्ता लगाई छापा हानेको थियो । डेराभित्रै कहिले काही डान्स सिकाउदै भित्रै थुनेर राख्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी रोजीका श्रीमान भारतमा छन् । त्यसकारण उनीहरुलाई डान्स सिकाउने भन्दै भारतमा लगेर बिक्रि गर्न लागिएको प्रहरीको आशंका छन् । पक्राउ परेका दुवै युवती मोडलिङ क्षेत्रमा आबद्ध छन् । उनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा डान्सरका रुपमा काम गर्दै आएका थिए । सर्कसहरुमा पनि काम गर्दै आएको प्रहरीले जनाएको छ;दृष्टिमा खबर छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार