नेपाली क्रान्तिको उदगम स्थल थवाङ संचारबिहिन


 

मनिषा श्रेष्ठ, रोल्पा १३ पुस ।  हरेक व्यवस्था परिवर्तनसँगै चर्चाको बिषय बनिरहने थवाङ संचार माध्यमबाट बेखबर छ । विभिन्न अवस्था र कारणले अझै पनि विश्व संचार जगतको बिषयबस्तु बनिरहने थवाङ भने आफैं संचार माध्यमको पहुँचबाट टाढा छ । देश विदेशको समाचार र सूचना थाहा पाउने माध्यम स्थानिय पत्रपत्रिका र एफएम रेडियोदेखि राष्ट्रियस्तरका कुनै पनि संचार माध्यमको पहुँच छैन थवाङमा । यसो हुँदा आफूहरु निकै पछाडिको र अर्कै दुनियाँमा छौँ कि भन्ने महशुस हुने गरेको स्थानीयको भनाई छ ।

थवाङका स्थानीय युवा अमित घर्तिले रेडियो एफएम नसुनिदा र पत्रपत्रिका थवाङसम्म नपुग्ने हुँदा जिल्लाको गतिविधिबाट आफूहरु बेखवर बस्नुपरेको बताउनु हुन्छ । संंचारमाध्यमबाट प्रकाशित प्रसारित हुने सूचना आफूहरुले देख्न र सुन्न नपाउँदा बिभिन्न खाले अवसरहरु समेत गुमाउनुपरेको उहाँको गुनासो छ ।

रुकुमको सानीभेरी एफएम सुनिने भएकाले रुकुमसँग बढी सम्पर्कमा रहेन थबांगबासीले आफूहरु रोल्पाली होइनौं कि भन्ने अनूभुति हुने गरेको बताउँछन् । थवाङमा टेलिफोनमा पनि समस्या आइनै रहने गरेको छ । त्यसो त नमस्ते र स्काई फोन सेवा भने संचालनमा ल्याइएको छ । तर बेलाबेला उक्त टेलिफोन टावरमा समस्या आइरहने र लामो समयसम्म अवरुद्ध भइरहने हुँदा त्यो पनि त्यति भरपर्दो र प्रभावकारी बन्न सकेको छैन ।

देशको बिभिन्न कालखण्डमा आफूलाई पृथक भूमिकामा उभ्याउँदै आएका थवाङवासी जनताले अझै पनि परिवर्तनको महशुस गर्न पाएका छैनन् । स्वास्थ्य, यातायात, संचारजस्ता आधारभूत विकासको समेत अनुभूति गर्न पाएका छैनन् । मोटर बाटोले अझै पूर्णता नपाउँदा र बनेका सडक पनि नियमित संचालनमा नआउँदा समस्या हुने गरेको छ । यातायातकै समस्याका कारण कैयौँ गर्भवती तथा सुत्केरी महिला एवं आकस्मिक घटनाका बिरामीहरुले अकालमै ज्याउन गुमाउनु परिरहेको छ ! कृष्ण सेन अनलाइनबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार