उपन्यास ल्याऊछु भन्ने बिनिता बराल तस्करीको भूमिकातिर


अभिनेत्री बिनिता बराल बेला बखत स्क्याण्डलमा फस्ने गरेकी छिन् । पहिलो फिल्म ‘चपली हाईट’मै निकै खुलेर फिल्म खेल्दा बिभिन्न समस्या भोगेकी यिनी सोही फिल्मकै कारण अभिनयबाट सन्यास लिनु पर्ने अबस्था आएपछि कृषि पेसामा आबद्द भईन् । जसका कारण पनि उनी चर्चामा आएकी थिईन् । चपली हाईटमा संगै काम गरेका एक कलाकारसंग फेसबुक काण्डमा समेत फसेकी बिनिता अभिनित चलचित्रका सामाग्रीका सन्दर्भमा समेत चर्चा संगै आलोचना हुने गरेको छ । यसो त केहि समय अघि उनी अभिनित चलिचित्र ‘सुपरहिट’ को एक गीत सार्बजनिक गरिएको छ । जसमा बिनिता तस्करी रहेको जनाउछ । आउदो फागुन १५ रिलिज हुने भनिएको फिल्म ‘सुपरहिट’को ‘तस्करीमा’बोलको सार्बजनिक गीतमा उनी मुख्य रुपमा फचरिङमा परेकी छिन् । गीतमा बिनिता सँगै अन्य कलाकारहरु फिचरिङमा छन् । बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट र उमंग हुन् । उनी अहिले उपन्यास लेखनमा समेत ब्यस्त रहेकी छिन् । तर स्रोतका अनुसार उनी अहिले अमेरिकामा रहेको पनि बताउछ । सार्वजनिक गीतमा बिनिता स्वयमको शब्द तथा सुरेश राई र निरञ्जन पाण्डेको स्बर रहेको छ । भने, संगीत सुरेश राई र बबी घतानीको छ , फिल्मी बजारले लेखेको छ  ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार