कलम कहिले आगाे बन्छ ;कहिले धागाे बन्छ


sunita khanal                                                   सुनिता खनाल

 

कहिले विचार आेकेल्छ
कहिले युद्ध निम्त्याउँछ
कहिले सर्पझैँ बग्छ माटाेमा
कहिले परेवाझैँ उँड्छ आकासमा
कहिले घाउमा मलम बन्छ
कहिले चुल्ठाेमा फूल बन्छ कलम
कहिले झिल्काे बन्छ
कहिले आँधी ।

देश चलाउनेहरुलाई जनताकाे खबर साेध्छ कहिले
देशमा चल्नेहरुलाई राष्ट्रकाे स्वास्थ्य साेध्छ कहिले
कहिले सहरमा पस्छ र सहर खाेज्छ
कहिले गाउँमा पस्छ र गाउँ खाेज्छ
विमानमा चडेर मुगलान पस्छ
कहिले विदेशमा हराउँछ
जहाँ पनि जान्छ
हरेक निभले आफैँलाई लेख्छ
आफ्नै मुटुकाे रगतले लेख्छ राज्यकाे कथा
आफ्नै शरीरकाे पसिनाले लेख्छ मानिसकाे कविता
बनाउँछ मानचित्र
भूगाेल, इतिहास ।

शत्रुहरुले मारेका
लुटेका, फुटाएका, बिथाेलेका हरेक वाक्यमा
फेरि सजाउँछ अक्षर
र गर्छ जीवन सुरक्षाकाे निम्ति युद्ध
कलम कहिले आगाे बन्छ
कहिले धागाे बन्छ ।

नलाङ ३ धादिङ

Loading...

यसमा तपाइको मत

अन्य समाचार