थापा थकितको गजल :कालापानी ,सुस्ता रुँदा आँशुले परेली भिजायो आज


thapa thakit

थापा थकित

बुद्धभारतमा जन्मे भन्दै झुटो प्रचार फिजायो आज
अस्तित्वमा धावा बोल्दा नेपालीलाई बिजायो आज
वीर हामी नेपाली भनी बिश्वमा पूर्खाले चिनाका थिए
कालापानी ,सुस्ता रुँदा आँशुले परेली भिजायो आज

मिचिएका सिमानाहरु नदेखेझै गरी बस्दा
स्वतन्त्रताको नाराले आफैलाई खिजायो आज

हाम्रो मातृभुमी खोस्न सिमा मिच्दै आएथ्यो जस्ले
देश बचाउँछु भन्नेलेनै त्यही बैरीलाई रिझायो आज 

Loading...

यसमा तपाइको मत

अन्य समाचार