पेरिसडाडादेखि गायक रामकृष्ण ढकालसमेत डुबाउने लालीगुरास सहकारी


यो यही सहकारी हो जस्ले एमाओवादीको पेरिसडाँडा स्थित पार्टी कार्यलय निर्माण गर्दा तीन करोड रुपैंया ऋण प्रवाह गरेको थियो । पछि जग्गा नै लिलामी हुन सक्ने अवस्था आइ वालवाल बचेको थियो । त्यस्तै गायक रामकृष्ण ढकाल माथि ऋण प्रवाह गरी उनलाई घरको न घाटको बनाएको थियो
laligurans_building

ललितपुर ;ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आफ्नो तजबिजमा संस्था चलाउन थालेपछि समस्या देखिन थालेको छ । कुनै समय मिटर ब्याजका नाइके महेशबहादुर सिंहसँग साझेदारी गरेर काम गर्ने भण्डारीले अहिले सिंहलाई पैसा फिर्ता गरेपछि संस्थामा व्यापक आर्थिक चलखेल गरिरहेका छन् । संस्थामा सस्तो ब्याजदरमा निक्षेप गर्न लगाएर महँगो ब्याजदरमा अन्यत्रै लगानी गरी कमाउने धन्दामा उनी लागेका हुन् । त्यसरी लगानी गर्दा ३ सय ६५ प्रतिशतसम्म ब्याज असुलिने गरिएको पाइएको छ । संस्थालाई उभ्याएर नाजायज फाइदा लिने कार्यमा सो सहकारीले आफ्नो कार्यक्षेत्र बाहिर गएर कारोबारसमेत गर्न थालेको छ । कार्यक्षेत्र नभए पनि अहिले चितवनमा गाई फार्म समेत सञ्चालनमा ल्याएको छ । त्यसमा सहकारीले १७ करोड लगानी गरेर भण्डारीले पाँच करोड कमिसन लिएको समेत आरोप लागेको छ । त्यसो त, ललितपुरको महालक्ष्मीस्थानमा रहेको लालीगुराँस अस्पतालमा पनि भण्डारी कै कब्जामा रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । घाटामा चलिरहेको उक्त अस्पताल डुब्ने अवस्थामा पुगेको हुँदा सेयरधनी र निक्षेपकर्ताहरुको रकम जोखिममा परेको छ ।

Surendra_Bhandari_ceo

बिबादित सुरेन्द्र भण्डारी
ता गोंगबु गाविस–३ की भगवती सापकोटाले आफूलाई उक्त सहकारी संस्थाले ठगी गरेको बताउँदै समस्याग्रस्त सहकारीहरुको छानबिन गर्न गठन गरिएको आयोगसमक्ष उजुरी दिंदा समेत उनको सुनुवाई भएको छैन । गोंगबुको पाँच आना जग्गामा बनेको आफ्नो घर उक्त सहकारीमा धितो राखी सापकोटाले पाँच वर्षअघि ४५ लाख रुपियाँ ऋण लिएकी थिइन् । तर, उक्त घर सहकारीले आफूलाई जानकारी नै नदिई बेचेको बताउँदै सापकोटाले उजुरी दिएकी थिइन । सहकारीले आफ्नो घर मित्र भण्डारी नामक व्यक्तिलाई बेचेपछि सापकोटाले अदालतमा उजुरी पनि हालेकी थिइन् । मित्र सुरेन्द्रका आफन्त हुन् । सहकारीमा उल्लेखित पुँजी संरचनाभन्दा फरक संस्थाको पुँजी रहेको समेत एक अध्ययनबाट खुलेको छ । कर्जाको फर्म सम्बन्धित ऋणीले भन्दा अरुले भरेको पाइएको छ । ऋण लिँदाको तमसुक केरमेट गरिएको पनि पाइएको छ । कर्जा स्वीकृतिसम्बधी अधिकांश फाइल भण्डारीले लुकाएर राख्ने गरेको स्रोतको दावी छ । राष्ट्र बैंकको स्वीकृति बिना बैंकिङ कारोबार गरिरहेको उक्त सहकारीले बर्षैपिच्छेका साधारणसभामा अस्वभाविक खर्च गर्ने गरेको समेत खुलेको छ । कार्यक्षेत्रबाहिर गएर निक्षेप स्वीकार गर्ने र प्रवाह गर्दै आएको हुँदा एकातिर सहकारी संकटमा परेको छ भने अर्काेतिर कर्जा नोक्सानीको व्यवस्था समेत गरिएको छैन । संस्थाबाट ऋण प्रवाह गर्दा कसैसँग १८ प्रतिशत ब्याज लिएको र कसैसँग ब्याज नै नलिएको त कसैसँग १६५ प्रतिशतसम्म ब्याज समेत असुल्ने गरेको पाइएको छ ।

यो यही सहकारी हो जस्ले एमाओवादीको पेरिसडाँडा स्थित पार्टी कार्यलय निर्माण गर्दा तीन करोड रुपैंया ऋण प्रवाह गरेको थियो । पछि जग्गा नै लिलामी हुन सक्ने अवस्था आइ वालवाल बचेको थियो । त्यस्तै गायक रामकृष्ण ढकाल माथि ऋण प्रवाह गरी उनलाई घरको न घाटको बनाएको थियो

Loading...

यसमा तपाइको मत

अन्य समाचार