श्रीमतीकै ठाँउमा सिपीलाई स्वाद


cp

श्रीमति सत्याका कारण गृहमन्त्री शक्ति वस्नेत वदनाम भइरहेकै समयमा सरकारका अर्काे एक जना मन्त्री तथा उपप्रधानमन्त्री सिपी मैनाली समेत पत्नी निलमका कारण अप्ठ्यारोमा परेका छन । सुशिल कोइरालाको मन्त्रीमण्डलमा निलम केसीको भागमा परेको मन्त्रालय यस पटक सिपी मैनालीकै भागमा किन  जुर्यो होला ? परिषद् स्रोत भन्छ,आफ्नै पत्नीले छाडेको अधुरो नियुक्ती पूरा गरी आर्थिक शूभलाभ हासिल गर्नका लागि । घटनाक्रमहरुले समेत यस्लाई पृष्ठी गर्दै लगेको छ ।
दुई महिना भित्रमा समाज कल्याण परिषद्का उपाध्यक्ष,सदस्य सचिव सहित कोषाध्यक्षको समयअवधी सकिदैछ । वर्तमान उपाध्यक्ष प्रमोद मेहत्ता,कोषाध्यक्ष कुञ्ज विहारी चौधरी र सदस्य सचिव छन रविन्द्र कुमार यादव ।
झण्डै ४२ हजार एनजिओ र २ सय ३५ आइएनजिओको निगरानी राख्ने परिषद्को जागिर आकर्षक मानिन्छ । यही स्थानमा दुई महिना समयअवधी वाँकी रहेका यीनै पदाधिकारीलाई हटाउन मन्त्री मैनाली लागिपर्दा समस्या उत्पन्न भएको छ । र यही विवाद उत्कर्षमा पुग्दा मन्त्री र परिषद्का पदाधिकारीहरु बीचको जुहारी उत्कर्षमा पुगेको छ । समस्याले कतिसम्म उग्ररुप लिएको छ भने, मैनाली मन्त्री बनेको दुई महिना वित्न लाग्दा समेत सञ्चालक समितिको एउटै वैठक बस्न सकेको छैन । न त पूर्ण , न त कार्यसञ्चालक समितिको वैठक नै वस्न सकेको छ । यी दुवै वैठक बस्न नसक्नु एउटा पाटो,मन्त्री मैनालीले यी तीनै पदाधिकारीलाई हटाउन खोज्नु ।
परिषद्का एक जना सदस्य भन्दै थिए,‘मन्त्री बनेको दुई महिना भित्रमा मन्त्रीज्यूले दुई पटक मात्र परिषद्को प्रांगणमा पैताला राख्नु भएको छ । एकपटक स्वागत र एकपटक कर्मचारीसँग परिचयात्मक कार्यक्रममा’ ।
परिस्थिती कतिसम्म उदेक लाग्दो छ भने, नीलम केसी मन्त्री रहँदै गत भदौ २४ गते नै गैह्रकानुनी वैठक बसि वर्तमान सदस्य सचिव रविन्द्र कुमारलाई हटाउने र हेमन्त अर्याललाई सदस्य सचिवमा नियुक्ती गर्न प्रक्रिया चल्दै गर्दा अदालतमा मुद्धा प¥यो । परिषद् स्रोतका अनुसार खरदार देखि अधिकृत सम्म गरी परिषद्मा ४२ पद रिक्त छन । यी स्थानमा आफ्ना कार्यकर्ताहरु हाल्ने खेल सुरु भइसकेको छ । यता, मन्त्री र परिषद्का सदस्यहरु बीचको जुहारीको कारण झण्डै ४२ हजार एनजिओ र २सय ३५ आइएनजिओको काम समेत प्रभावित हुन पुगेको छ ।

मन्त्री बनेको दुई महिना यता दुई पटक मात्र परिषद्मा पुगेका मन्त्री मैनालीले परिषद्बाट समेत दोहोरो सुविधा लिने मामलामा भने यस अगाडिका मन्त्रीद्धय नीलम केसी र दान बहादुर चौधरीलाई समेत पछाडि पारेका छन ।
उनले परिषद्को बा २ च ७४७९ नम्बरको परिषदको गाडी समेत चढ्दै आएका छन । परिषद्का एक कर्मचारी भन्दै थिए ‘‘यसरी अगुवाले नै बाटो विराउदै हिडेपछि हामी कर्मचारीले के सिक्ने ?’’
यता अख्तियारले अकुत सम्पति आर्जन गरेको आरोप लगाइएको मन्त्री निलम केसीले आफू मन्त्री रहँदा आफ्नै नाममा रहेको संस्थालाई ५० लाख विनियोजन गरेको,भुकम्प पीडितको नाममा वाडिएको १ करोड १३ लाख रुपैंयामा अनियमितता भएको,बाल संगठनको जग्गा व्यवस्थापनको नाममा अनियमितता गरिएको,लायन्स क्लव विरुद्ध परेको भष्टचारको मुद्धामा उस्लाई आर्थिक शूभलाभ लिई बचाइएको लगायतका आरोप लगाइ अख्तियार प्रमुख लोकमान कार्कीको कान भरी भरी निलमलाई वदनाम गराउने व्यक्तिको खोजीमा माले पार्टी लागेको बताइन्छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार