मनमोहनलाई ‘सम्बन्धन’को कसरत


 

आजको नागरिक र कान्तिपुर दैनिकले मनमोहन मेमोरियल मेडिकल कलेजलाई गलत प्रक्रियाबाट सम्बन्धन दिने सरकारको प्रयासलाई समाचार बनाएका छन् । पटक पटक सम्बन्धनको प्रयास सफल नभएपछि अघिल्लो सरकारले विधेयक ल्याएर मनमोहनलाई ऐनमार्फत प्रतिष्ठान बनाई मेडिकल शिक्षा सञ्चालन स्विकृतीको तयारी गरेको हो ।
नागरिक दैनिकमा दिपक दाहाल लेख्छन्, ‘सञ्चालकहरुले त्रिविबाट सम्बन्धन लिन नसकेको अवस्थामा पछिल्लो पटक आफ्नै पार्टी सरकारमा भएको र संसदमा पनि सुविधाजनक बहुमतको अवस्थामा नया“ बाटो लिएका हुन् ।’
त्यसैगरी कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली लेख्छन्, ‘एमाले प्रभावशाली नेता खगराज अधिकारीले शुसिल कोइराला नेतृत्व सरकारको मन्त्रिपरिषदबाट स्विकृत गराई विधेयकको रुप दिएका थिए । जुन विधेयकमाथि दुई दिनअघि संसदबाट सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।’ चिकित्सा क्षेत्र सुधारका लागि आन्दोलनरत गोविन्द केसीले यो प्रयासलाई कुनै पनि हालतमा विफल बनाइने प्रतिक्रिया दिएका छन् ।
………..
सर्वोच्च अदालतले ३५ लाख रुपैंयाभन्दा बढी शुल्क लिन नपाउन आफ्नो आदेश पालना नभएकोमा सरकारस“ग कारण मागेको आजको नागरिक दैनिकमा खवर छ । प्रधानन्यायाधिश कल्याण श्रेष्ठ र न्यायाधिश जगदीश पौडेलको संयुक्त इजलासले सरकारलाई कारण देखाउन आदेश दिएको हो । मनोमानी शुल्क लिएको र मेरिटमा रहेकालाई भर्ना रोक्न खोजेको भन्दै केही विद्यार्थीले रिट दायर गरेका थिए

………..
यसैविच सर्वोच्चले भुकम्पपिडितलाई चिसोबाट बच्न र उनीहरुको स्वास्थ्य संवेदनशिलतामा ध्यान दिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । दमका कारण राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष सुरेन्द्रप्रताप शाहको सोमवार राती इवामुरा अस्पतालमा उपचारका क्रममा निधन भएको नागरिक दैनिकमा खवर छ ।

………..
गोरखापत्र दैनिकमा ‘न बच्यो सम्पत्ति, न निको भयो रोग’ शिर्षकमा मृगौला रोगीको पिडावारे सरोज ढुंगेलको समाचार छ । डायलासिस लगायतमा सरकारले मृगौला पिडितलाई ५ लाख रुपैंयाभन्दा बढी सहयोग गरेपछि उनीहरु भएको जाथजेथा बेचेर उपचार गर्न बाध्य छन् । कतिपयको घडेरी समेत बेचिएको छ भने कतिपयको जायजेथा बाकी नरहेर सडकमा पुग्ने अवस्था आएको छस्वास्थ्य खबरपत्रिका ले लेखेको छ  ।

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार