पेरिसडाँडामा यसरी उडाइयो बाबुरामको धज्जी


१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा शीर्ष नेताहरुले पूर्व नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा एमाओवादी छाडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईप्रति व्यग्य गरेका छन् । बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझीले बोलेका छन् ।

स्रोतका अनुसार श्रेष्ठले मार्क्सवाद, कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन छाड्नु भट्टराईको विचलन भएको बताए । भट्टराईले नवउदारवाद र पुँजीवादको फ्यूजन गर्ने भनेको र यो विचार नै नभएको पार्टी हुने बताए ।

भट्टराई टेष्टेड नेता भएको र अहिले जनता विभाजित रहेको भन्दै उनले नयाँ शक्ति बन्न नसक्ने बताए । तर, भट्टराईले देखाएर आफ्नो पार्टीको कमिकमजोरीलाई ढाकछोप भने गर्न नपाउने उनले बताएका छन् ।

बैठकमा सचिव टोपबहादुर रायमाझीले त भट्टराईबारे अब पुस्तक नै लेख्ने बताए । भट्टराई एमाओवादीमा रहँदा उनी निकट रहेका रायमाझीले अहिले नयाँ शक्ति निर्माण अभियानमा भने उनलाई साथ दिएका छैनन् ।

भट्टराईले १५ पटक पार्टी छाडेको र ५ पटक राजीनामा दिएको भन्दै रायमाझीले भने-‘उहाँले टोपबहादुरबारे किताब लेख्छु भन्नुहुन्थ्यो । अब म उहाँबारे किताब लेख्छु ।’ भट्टराईले सहकार्य गर्ने तर, कहिल्यैं संघर्ष मन नपराउने गरेको भन्दै पार्टी छाड्दा सल्लाह नगरेको बताए ।

आफूले काँध नथापेको भए बाबुरामले पहिल्यै पार्टी छाड्ने थिए भन्दै रायमाझीले अहिले भन्दा चुनवाङ बैठकमा प्रचण्डमा विलिन भएको घोषणा गर्दा दुःख लागेको बताए ।

शान्ति प्रक्रियामा आएपछि पनि भट्टराई प्रचण्डमा विलिन भएको भन्दै उनले भने-‘उस्तै खरानी कलरको ड्रेस लगाउनुभयो । श्रीमान अर्थ र श्रमती पर्यटनमन्त्री हुँदासम्म विलिन नै हुनभो । नपाएपछि मेरो साथ माग्न आउनु भयो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा बाबुराम भट्टराईको नयाँ शक्तिलाई ‘बुर्जवाहरुको पुरानो खिया लागेको हतियार’को संज्ञा दिएका छन् । डा. भट्टराईको अवको मिसन भनेको माओवादीलाई क्षतविक्षत पार्न प्रतिक्रियावादीहरुलाई सघाउनु रहेको प्रचण्डको विश्लेषण छ ।

प्रचण्डले दस्ताबेजमा दुईबुँदा थप्ने

बैठकको सुरुमा नै प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा दुईबुँदा थप्ने जानकारी गराएका छन् । सरकार सञ्चालनबारे र जातीय क्षेत्रीष्य मोर्चा, संघीयता र विगतका जातीय गणराज्यहरुबारे आफूले दस्ताबेजमा थप्ने उनले बताए ।

(अनलाईनखबर बाट)

Loading...

यसमा तपाइको मत

अन्य समाचार