अखिल क्रान्तिकारी र पूर्वाञ्चल विश्वविद्याल बिच १२ बुँदे सहमती


विप्लव निकट अखिल क्रान्तिकारी र पूर्वाञ्चल विश्वविद्याल बिच १२ बुँदे सहमती भएको छ । सहमती संगै क्रान्तिकारीले लगाएको तालाबन्दी समेत  खुलेको छ ।

तोकिएका सीट संख्या भन्दा बढी विद्यार्थी भर्ना गर्ने कलेजलाई छानविन गरी एक महिना भित्र कारवाहिको दायरामा ल्याउने , सरोकारवालाहरुको सहभागितामा एक कार्यदल समेत बनाई आगामी फागुन मसान्त सम्म कार्य सम्पादन तथा छात्रबृत्तिमा देखिएका समस्या छानविन गरी सार्वजनिक गर्ने सहमती भएको  क्रान्तिकारी नेता नरेन्द्र विकले जनाकारी दिए   ।

यसैगरी शुल्कमा एक रुपता कायम गर्न शुल्क निर्धारण समिति गठन गर्ने पनि सहमती भएको छ । यस्तै परीक्षा सकिएको ३ महिना भित्र परीक्षाफल प्रकाशित गर्ने, विश्वविद्यालयबाट हुने अनुगमन प्रभावकारी बनाउने लगायतका सहमती भएका छन् ।

विद्यार्थी संगठनसँग वार्ता गर्न विश्वविद्यालयले गठन गरेको समितिका संयोजक प्रा.डा.शुभनारायण पाठक र संगठनका विश्वविद्यालय संयोजक नरेन्द्र विक लगायत विच सहमती पत्रमा हस्ताक्षर भएको  zestmaa khabar chh !

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार