तुमु ल्होसार भब्य रुपमा सफल


tamu lhosar (1)

फोटो साभार नेपाल पाटी

गुरुङ समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाएका छन । नयाँ वर्षको रुपमा भेडा वर्गको विदाई तथा बाँदर वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार यो पर्व मनाएका हुन । ल्होसारको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार सवै जातीको हकअधिकार स्थापित गर्न प्रतिवद्ध रहेको बताए ।  उनले ल्होसार पर्वको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायको उत्तरोत्तर प्रगतिको कामना पनि गरे । कार्यक्रम अघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट परम्परागत झाँकी र बाजागाजासहित र्‍याली निकालिएको थियो । राजधानीमा मनाइएको तमु ल्होसार पर्व फोटोफिचरमा हेरौँ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार