बाबु छोरीको जलेर निधन


धादिङको गुम्दी-६ मा गएराति घरमा आगो तापेर सुतेका बेला आगलागी हुँदा बाबु-छोरीको जलेर मृत्यु भएको छ । गुम्दी-६ काकवाडाका ४८ वर्षीय शेरबहादुर गुरुङ र उनकी १५ वर्षीया छोरी धनमायाको घरभित्रै जलेर मृत्यु हो । शेरबहादुरकी पत्नी भने घरमा आगो लागेको थाहापाएलगत्तै भागेर ज्यान जोगाउन सफल भएको जानकारी दिएको छ । तर आगोले कपडा सल्किएर घर पूरै जलेको र बाबु-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । गएराति नै पोखराको प्रगतिटोलको एक घरमा आगलागी हुँदा चार जनाको निसास्सीएर मृत्यु भएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार