बेत्रावतीमा प्याकुरेलको सहयोग


10313745_1836260879933706_8862130646921212372_n

अमेरिकी संस्था Friends of Volunteers Initiative Nepal (FVIN) ले गेर्खु गाबिसका ३,४ र ९ वडाको लागि USD 3,925.00 सहयोग गरेको छ । एउटै माला नेपाली दायित्व नामक संस्थासँगको संयोजकत्व र डा. उद्धव प्याकुरेलको सहयोगमा उक्त कार्य सम्पन्न गरेको हो । पिछडिएको महिला तथा बालबालिकाको लागि उक्त रकम लक्षित गरिएको छ ।
उक्त रकमबाट अस्थायी चर्पीको लागि ४६ बण्डल जस्ता-पाता र १००० मिटर पोलिथिन पाईप खरिद गरि बितरण गरिएको थियो ।
गर्खु ९ का ४६ घरधुरी यसबाट लाभान्वित भएका छन् । केराघारीका प्रत्यक घरले आधा/आधा बण्डल, गोसाईंकुण्ड युवा क्लब बेत्रावतीले ३.५ बण्डल, केराघारी प्रगतिशिल बेत्रावतीले ३.५ बण्डल, सिंहदेबी महिला समुह महभिरले ३.५ बण्डल, बेत्रावतीका एक एकल महिलाले २ बण्डल प्राप्त गरेका छन् । त्यसैगरी गेर्खु ३ स्थित गेर्खुटार युवा क्लबले रेडक्रस शाखाको लागि ४ बण्डल र गैह्रीखर्क महिला समुहले ६.५ बण्डल प्राप्त गरेका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार