मधेसी कसका हुन् एक सातामा एकिन हुने


सरकारसहित प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता सकारात्मक हुँदै गए पनि विहारको रक्सौल नाका पूरै ठप्प छ । अरु नाका पनि अपेक्षित रूपमा खुल्न सकेका छैनन् । मधेसी दलको माग सम्बोधन गर्ने सरकारको प्रक्रियामा भारतले समर्थन जनाइसक्दा पनि सुनौली र जोगबनी नाका जे–जसरी सहज हुनुपर्ने अपेक्षा थियो, माथिको आदेश भन्दै भारतका एसएसबीले इन्धन आउने गाडी रोकिरहेका छन् ।

एक खर्ब रुपैयाँ घाटा बेहोरेका भारतीय व्यापारी मात्र होइन, भारतको विपक्षी र सत्ता समर्थक राजनीतिक दलले नै नेपालमाथिको अघोषित नाकाबन्दी हटाउन मोदी सरकारलाई चर्को दबाब दिइरहेका छन् । तर पछिल्लो निर्णयपछि पनि नयाँ दिल्ली किन सकसमा छ भन्ने कुराको आंकलन हुन सकेको छैन ।

भारतीय कंग्रेससहित विपक्षी दलहरूले नाकाबन्दी हटाउन दिल्लीमा बेग्लाबेग्लै प्रतिक्रिया दिइरहेका छन् । भारतको राज्यसभा बैठकमा सांसदहरूले दुई साताअघि सरकारलाई चर्को दबाब दिएका थिए । भारत सरकार धेरै पहिलेदेखि नाकाबन्दी जारी राख्न पनि नसक्ने, फिर्ता गर्न पनि नसक्ने अवस्थामा थियो, उनीहरूको लगाम रहेको मधेसी पार्टीहरू भड्किँदै गएपछि भारतलाई अझ अप्ठेरो परेको हो ।

मधेसी पार्टीहरूमाथिको लगाम आफ्नो हो कि पश्चिमाहरूको भन्ने कुरा अब एक साताभित्र एकिन हुने र त्यसपछि भारत सरकारले नयाँ कदम चाल्ने अपेक्षा गरिएको  नेपलिज डट कम मा खबर छ !

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार