यसरी एकाएक पारस देखा परे


काठमाडौं – पूर्व युवराज पारस शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । थाइल्याण्डबाट नेपाल फर्किएको लामो समय बितिसक्दा पनि गुपचुप रहेका शाह बिहिबार हिन्दुवादी संगठनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उनी उपस्थित भएका हुन् । उनीसँग छोरी पूर्णिका पनि साथमा रहेकी थिइन् ।
शिव सेना नेपालले बिहिबारबाट सञ्चालनमा ल्याएको निःशुल्क भोजनशालाको उद्घाटनका लागि शाह पुगेका थिए । उनले पानसमा बक्ति बालेर उक्त भोजनशालाको शुभारम्भ गरे ।
शिव सेना नेपालले जनता भाव र मंहगीमा बाच्नु परिरहेको बेला सरकार सत्ता भागबण्डामै लिप्त रहेको भन्दै निःशुल्क भोजनशाला सञ्चालनमा ल्याएको हो । पशुपतिनाथको बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क खाना खुवाइने संगठनले जनाएको छ ।
शाह यसअघि बंगलामुखी मन्दिरको दर्शनमा निस्किएका थिए ।रातोपाटीबाट

Crown Prince Paras (2)Crown Prince Paras (7)Crown Prince Paras (5)

Crown Prince Paras (6)

Crown Prince Paras (10)

Crown Prince Paras (11)

Crown Prince Paras (8)Crown Prince Paras (13)Crown Prince Paras (12)Crown Prince Paras (1)

– See more at:

Loading...

यसमा तपाइको मत

अन्य समाचार