यसरी हुन्छ अनलाइनहरुमा झुटको निर्लज्ज खेति


  • रमेश तामाङ, अध्यक्ष, अखिल क्रान्तिकारी रसुवा
  • (1) फुर्सद को समय मा फेसबुक मार्फत बिभिन्न अनलाईन न्युज हरू ले पोष्ट गरेका समाचार, मार्फत संसार लाई नजिक बाट नियाल्ने प्रयास मेरो दैनिकी नै हो !

रमेश तामाङ, अध्यक्ष, अखिल क्रान्तिकारी रसुवा

रमेश तामाङ, अध्यक्ष, अखिल क्रान्तिकारी रसुवा

(2)कुरा केही दिन अधि को मात्र हो, म सधै झै समाचार हरू हेर्दै थिए, नयाँ न्युज हरू खोज्ने क्रम मा मेरो आखा एउटा अनलाईन पत्रिका ekantipurblog.blogspot.com को हेड लाईन मा पुग्यो, ekantipur जस्तै लाग्ने यो पत्रिका मा लेखिएको थियो “भारतिय सेनाले नेपाली भुमीमा नै बम हमला आठ को नेपाली को मृत्यु दश जना घाईते, बम आक्रमण गर्ने आदेश मोदी ले दिएको खुलासा, म झसङ्ग भए, भारत र नेपाल को कुटनैतिक सबन्ध बिग्रेको बेला ऊक्त समाचार सहि हो कि भन्ने लाग्यो, पुरा न्युज हेर्न खोजे तर न्युज खुल्दै खुलेन, मलाई खुब कौतुहल्ता लाग्यो, दुई तिन पटक को प्रयास बिफल भए पछी, अरू अनलाईन न्युज हरू चेक गरे, तर कतै ऊक्त समाचार थिएन आखिर त्यो गलत न्युज रहेछ,


(3)यसरी झुक्किने मा म मात्र एक्लो पात्र पक्कै होईन, एकदिन म संगै काम गर्ने नबलपरासी कावासेती को साथी तुलसी राम पङ्गेनी को फोन आयो फोन मा आतालिदै काठमान्डौ मा ज्वालामुखी बिस्फोट भए छ सर मान्छे पनी धेरै मरेछ, के हो बुझनु पर्यो, फेसबुक मा समाचार छ भन्दै थियो, मैले यो गलत न्युज हो यस्ता न्युज बारम्बार आऊने गरेको बताए, यसरी जथाभाबि अब्यबस्थित रूपमा खुलेका अनलाईन न्युज हरू को कुरा त थाती नै राखौ, ऊस्तै ऊस्तै नाम जुध्ने भाईरस अनलाईन न्युज हरू यतिबेला छ्यास छ्यास्ती छन, जस्ले गलत समाचार सप्रेषण गरेर म जस्तै हजारौ अनलाईन प्रयोगकर्ता हरू लाई झुक्काई राखेका छन, आर्को अनलाईन खबर संग नाम जुध्ने onlinhamro.blogspot.com नामधारी अनलाईन ले कतार को प्रतिस्ठित कम्पनी मा बम बिस्फोट पांच सय भन्दा बढी नेपाली को मृत्यु भनेर समाचार लेख्यो, यस्तो न्युज ले कतार मा आफन्त हुने हरू लाई कस्तो चोट पर्ला ? यसरी र यस्ता हुदै नभएका समाचार हरू आई नै रह्यो, र आऊने क्रम जारी पनी छ, जस्ले प्रचन्डको मृत्यु देखी, अमिताभ बच्चन, पारस सम्म को मुत्यु को खबर हेटलाईन बनाएर पोष्ट गरी रह्यो, यसरी यस्ता समाचार हरू बर्तमान मा सामान्य जस्तो लागे पनी भविष्य मा ठुलै दुर्घटना ननिम्ताऊला भन्न सक्किन्न !

(4)आज को आधुनिक युग मा हाम्रो पुस्ता ले गर्भ गर्नै पर्छ, सुचना र सन्चार को छलाङ्गमय बिकाश ले यति ठुलो संसार लाई यति सानो पारेर खुम्चाई दिएको छ, संसार को एऊटा कुनामा भएको घटना लाई एक मिनेट मा नै संसार भर पढन हेर्न, र सुन्न सक्छौ, जस मा अनलाईन न्युज हरू को भुमिका सशक्त हुने गर्दछ, छिटो छरितो र करेन्ट गतिमा समाचार सम्प्रेषण गर्ने अनलाईन न्युज हरू यति बेला अरू समाचार माध्यम हरू भन्दा सजिलो भरपर्दो र निकै लोकप्रिय मानिन्छ, तर केही गलत ब्यत्ति हरू को गलत प्रयोग ले अनलाईन खबर प्रति बेला बेला मा भ्रम सिर्जना हुने गरेको छ, साचै भन्ने हो भने अनलाईन न्युज हरू तपाई हामी माझ जति सजिलो र लोकप्रिय छ, यसलाई नियन्त्रण र ब्यबस्थित गर्ने कुरा ऊत्तिकै गार्हो र चुनौती पुर्ण पनी रहेको छ, एकजना पत्रकार का अनुसार यस्ता अनलाईन काॅहा बाट खुल्छ? कस्ले चलाऊछ पत्तो समेत हुदैन ! यसरी फ्रड अनलाईन खोलेर हुदै नभएको समाचार लेखेर क्षणिक मनोरन्जन का लागी अरू को चरीत्र हत्या गर्ने, झुक्काऊने, अनलाईन कलंङ्क हरू लाई कडा भन्दा कडा ढन्ड दिनु पर्ने हो, हैन भने यस्ले भोलिको दिन मा गलत समाचार बाडेर जातिय दङ्गा भडकाऊने, देश बिखन्डन गर्ने, जस्ता गम्भिर खालको परिस्थिती सिर्जना नगराऊला भन्न सक्किन्न ।

(5)यो त भयो नक्कली अनलाईन को कुरा, अब थोरै बैधानिक अनलाईन पत्रिका हरू को पनी केही कुरा गरौ, यति बेला तपाई हामी माझ सयौ अनलाईन न्युज हरू सम्चालन मा छन, ति मध्ये कतिपय अनलाईन हरू दर्ता नगरीकनै अबैधानिक रूपमै सम्चालन मा रहेका पनी छन, मेरो ख्याल मा हाम्रो सरकार संग नेपाल मा कति अनलाईन न्युज छन? भन्ने एकमुष्ठ ढाटा छैन, अनलाईन पत्रिका सबन्धि केही नियम कानुन बनेतापनी कार्यन्वयन मा एकदमै समस्या देखिएका छन, दर्ता भएर सम्चालन मा रहेका केही अनलाईन हरू मा पनी प्रबिधी र दक्ष जनशक्ति को अभाब छ, अरूको न्युज कपि गर्न, सुनेको भरमा हल्ला को भरमा समाचार बनाऊने पत्रकार हरू थुप्रो छन, केही समय अघी घटेको चर्चित टिकापुर घटना लाई नै हेर्ने हो, प्रहरी लाई यसरी आगो लगाईयो भनेर चाईनिज फिल्म सुटिक को फोटो हालेर केही अनलाईन हरू ले समाचार पनी बनायो जुन तस्बिर फेसबुक मा राम्रै स्थान पायो, तर पछी ऊक्त तस्बिर टिकापुर घटना को नभएको पुष्टी भएपछी चर्को खन्डन पनी गरीयो, त्यस्तै आर्को जोति मगर को बालजु मा हातपात भन्ने समाचार पनी बिबादित बन्यो, मगर ले ऊत्त समाचार गलत भएको भन्दै न्युज लेख्ने पत्रिका माथी मुद्दा पनी हालिन, यसरी हुदै नभएको ऊतेजना फैलाऊने समाचार तस्बिर हरू पत्रकारिता को नियम भित्र पर्दैन,
(6)समाचार भनेको सत्य तथ्य र निष्पक्ष हुनु पर्दछ, यो तिन चिज बिना समाचार बन्दैन त्यो बिचार बन्ला, समाचार दोहोर अर्थ राख्ने खालको पनी हुनु हुदैन, अहिले फेसबुक खोले झै सजिलै अनलाईन पत्रिका खोल्ने क्रम तिब्र छ यस्ले अनलाईन पत्रिका को सख्या त बढला तर सख्या सगै बिस्वास बढनु जरूरी छ, भनाई को मतलब सबै अनलाईन हरू एकै छन भन्न खोजेको पक्कै हैन, राम्रा अनलाईन हरू पनी छन जस्को सम्मान गर्नै पर्छ,
(7) अन्त्य मा तुलसी जस्तै मित्र हरू लाई के भन्न चाहान्छु भने अनलाईन मा आऊने सबै समाचार सत्य हुन्छन भन्ने हुदैन, अहिले ऊस्तै ऊस्तै नाम गरेका भाईरस अनलाईन हरू धेरै छन, तिनी हरू अनलाईन पत्रिका हैनन् अनलाईन भाईरस हरू हुन्, जस्ले हुदै नभए का सुचना हरू दिईरहेका छन, त्यस्तो भ्रमित कुरा बाट बच्नु जरूरी छ, त्यसैले न्युज पढनु पहिले कुन अनलाईन पत्रिका हो ख्याल राख्न एकदमै जरूरी छ, सगै त्यस्ता न्युज हरू लाईक र सियर गर्ने साथी हरू ले पनी बिशेष ध्यान दिन पर्छ जस्तो लाग्छ
Loading...

यसमा तपाइको मत

अन्य समाचार