नेपालमा पहिलो बम बोकेर ल्याउने योद्धा स्व. भैल श्रेष्ठ


Ratna Prasad anamani Shrestha

 

Ratna Prasad anamani Shrestha

रत्न प्रसाद अनामणि श्रेष्ठ

युवा अवस्थामा के जोश आएछ कुन्नि ? जे सामान लानु परेपछि जान तयार भएर हर्ष दाइले बाह्र जना भरियाहरुलाई बोकाएर नभ्याएको केही सामान भरिया सरह आफैले बोक्दा पनि त्यसबेला कठिनाई नभएको अनुभव सुनाए । त्यसबेला उनीहरुले ल्याएका सामानहरुमा पेस्तोल, बन्दुक, वायरलेस सेट, बम ….. आदि थिए । यी सामान ल्याउन भारी बोक्ने एक जना नाला निवासी भैल श्रेष्ठ पनि थिए । उनले बोकेको बम पड्केको भए बाटैमा उनी धुलो पीठो हुन्थे । नेपालमा प्रजातन्त्र आएपछि भैल श्रेष्ठले अरु रोजगारी नपाएर पत्रिका बेचेर जीवन यापन गरे रे । त्यतिमात्र कहाँ हो र, सुनिए अनुसार मर्ने बेलामा काठमाडौंको पाटी बाहेक विश्रामस्थल कहीँ भएन । यस्तो साहसिलो कार्यकर्तालाई न प्रजातान्त्रिक सरकारले, न त काम लगाउने नेताले, न त काँग्रेस पार्टीले वास्ता गरे । विडम्वना ।

 
राणा सरकारको विरुद्ध चलाउन ल्याइएको हातहतियार संगसंगै नेताहरु गणेशमान सिंह, सुन्दरराज चालिसे र कार्यकर्ता नेपालगञ्जका दिलमान सिंह, दाप्चाका एक जना लामा, नेपालगञ्जकै पूर्ण, महादेवटारको बाटो देखाउने मकर श्रेष्ठ, नालाको भैल श्रेष्ठ र हर्षलाल श्रेष्ठ बाह्रजना भरियाहरका साथमा नेपालभित्र लम्केका संस्मरण हर्ष दाइको मनमा ताजै छ ।
माथि उद्यृत गरिएका पंक्तिहरु आशाकाजी सेवकज्यूले २०५७ चैत्र २८ गते काभ्रे टाइम्स साप्ताहिकमा “जमानाका काँग्रेस हर्षलाल ः एक कर्मशील व्यक्तित्व” शीर्षकमा छापिएको लेखबाट लिइएको हो ।
वि.सं. २००७ सालमा नै बम बोकी हिँड्ने महान सहयोद्धा भैल श्रेष्ठको नाम आज कतै सुन्नमा आउँदैन । ती महान व्यक्तित्वको योगदानको खोजी, कदर र प्रकाशन गर्दै लैजानु पर्ने हो । यस्ता निडर योद्धा व्यक्ति नेपालमा विरलै पाइन्छ । प्रजातन्त्र आएपछि पनि तिनीहरुको कदर भएन । प्रजातान्त्रिक योद्धा कसैको पछि लागि पिछलग्गु बन्न चाहेनन् । शायद जनताको छोराले नेपालमा बम बोक्ने पहिलो उहाँ नै हुनुपर्छ, माथि उधृत लेखलाई राम्ररी अध्ययन गर्दा बाह्र जना भरियाहरु मध्ये एक आँटिलो भरिया भैल श्रेष्ठले मात्र बम बोकेको कुरा स्पष्ट हुन्छ । यस्ता महान योद्धाहरुलाई कुनै पनि पार्टीले केही नगरे पनि हामीहरुले सधैं मनमा राख्नुपर्छ । आगामी दिनहरुमा यसबारे आपूmले थाहा पाएसम्मका सूचनाहरु कृपया हामीलाई पठाउन नभुल्नु होला ।
साँच्चिकै भन्नुपर्दा स्व. केदार प्रधानको शव्दलाई सापटी लिएर भन्ने हो भने “जनताद्वारा गरिएका कामका परिणाम युगान्तकारी परिवर्तन भए तापनि त्यसको चर्चा गरिदैंन । एउटा शासकवंशले अर्को शासकवंशलाई पराजित गरेको मात्र इतिहासका प्रकाशित पुस्तकहरुमा वर्णित छ तर प्रतिरोधमा चलाइएका संघर्षको वर्णन पाइदैंन ।”
Loading...

यसमा तपाइको मत

अन्य समाचार