पत्रकार सम्मेलनमा के बोले ओलीले ?


एकीकृत नेकपा माओवादीबाट बिभिन्न आरोपमा पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रचण्ड आरोप लगाऊदै बिबिध प्रश्न गरेका छन ! उनको जुन आरोप लागाएका छन ति बस्तुनिष्ट नै छन !

ओलीका नौ प्रश्न

 

hemanta-oli

१) क. माओको मृत्युपछि सम्पन्न क्रान्तिमा किन प्रतिक्रान्ति भयो र विजयको सन्निकट विभिन्न देशका क्रान्ति किन असफल भए ?
२) साम्राज्यवादी वित्तिय, सूचना र श्रम बजारको भूमण्डलीकरणको विश्लेषण र संश्लेषण कसरी गर्ने ?
३)विज्ञान र प्रविधिको विकासलाई कसरी दार्श्निकीकरण गर्ने ?
४)जलवायू परिवर्तन र वातावरण विनाशले समाजलाई कस्तो असर पारिरहेको छ  ?
५) विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको समीक्षा र विशेष गरी स्टालिनमाथि साम्राज्यवादीहको हमला र कथित माओवादीहरुको हमलाका बीच किन तालमेल भयो ?
६) नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै दशवर्षे जनयुद्धको मुल्याङकन र जनयुद्धलाई ओझेलमा पार्दै संशोधनवादी बाटो लिने नेतृत्व कसरी पैदा भयो ?
७) राजनैतिक अर्थशास्त्रको अध्ययन र नेपालको आजको वर्ग्विश्लेषण गरी क्रान्तिको निसाना निर्धारण कसरी गर्ने ?
८) प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ?
९) चीन,उत्तरकोरिया र क्यूवालाई आजको परिस्थितिमा कसरी विश्लेषण गर्ने र  यसको साथै बोलिभारियन समाजवाद के हो ?

Loading...

यसमा तपाइको मत

अन्य समाचार