आज अबध स्वायत्त प्रदेश घोषणा


Biplav_Maoist_583838418

प्रकाश डुम्रे बुटवल

नेकपा माओबादीले मङसिर आठ गते काठमाडौमा क्रान्तिकारी जनपरिषदको घोषणा सगै देशभर स्थानिय जनसता ब्युताएको छ ।
देशभरका सबै जिल्लामा जनपरिषदको घोषणा सगै कतिपय हिजोका पुराना राज्य सरँचनाको आधारमा स्वायत्त प्रदेश समेत घोषणा गर्दै आएको छ । यसै क्रममा माओबादीले थारु स्वायत्त प्रदेश,मगरात स्वायत्त प्रदेश,तामसालिङ स्वायत्त प्रदेश लगाएतका कतिपय प्रदेश हरु स्वायत्त घोषणा गर्दै आएको माओबादीले आज मेचि देखि महाकालि सम्मको ठिक बिच तथा मध्य भाग तथा पश्चिम ब्युरोको महत्बपुर्ण राज्य अबध लाई स्वायत्त घोषणा गर्दैछ ।
अबधको राज्यको प्रमुख र उपप्रमुख को बारेमा अबको केहि समयपछि अबध स्तरिय नेताहरुको बैठक बस्दैछ ।
त्यस लगतै बुटबलमा बहुप्रतिष्ठित राजनितिक प्रतिष्ठाको बिषय बनाईएको रातोघरमा स्वायत्त अबध घोषणा गर्ने कार्यक्रम रहेको माओबादी स्रोतले बनाएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार