जनयुद्धकै शैलीमा विप्लब


kamred bipalab

काठमाडौं । एकीकृत जनक्रान्तिको कार्यदिशा अबलम्बन गर्दै सशस्त्र विद्रोहको तयारीमा जुटेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पूर्ववत् माओवादीकै शैलीमा कार्यक्रमलाई अघि बढाएको छ ।
आजको राजधानी दैनिकमा खबर छ–एमाओवादी नेतृत्वले क्रान्तिप्रति धोका र गद्दारी गरेको र नेकपा क्रान्तिकारी माओवादी अकर्मण्यतामा फसेको निष्कर्ष निकाल्दै विगत जनयुद्ध कै गोरेटो पछ्याउने गरी कार्यक्रम उसले थालेको हो ।
विप्लव माओवादीले पार्टी केन्द्रीय समितिदेखि अन्य कतिपय कार्यक्रमलाई समेत अर्धभूमिगत बनाएको बनाउँदै अधिकांश नीति तथा कार्यक्रम जनयुद्धकालीन शैलीमै अगाडि बढाउन थालेको छ ।

स्रोतका अनुसार उसले राज्यलाई टक्कटर दिन केन्द्रदेखि तल्लो निकायसम्मै समानान्तर ढंगले कार्यक्रम अगाडि बढाउने र राज्यसत्ता कब्जा गर्ने कार्ययोजनासमेत अघि सारेको छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार