अन्जना बिकको भावाना :बिरानो देशमा आज एक्लै रुदैछु


anhana

अन्जना बिक बुटवलकी सर्जक हुन । पेशाले शिक्षिका र अध्ययनरत हुदा हुदै पनि उनले साहित्य लेखनीमा समय दिने गरेकी छिन । गहिरो अर्थ हुने अनि कहिले काही पेचिलो हुने उनका केहि सिर्जनाहरु तल पढनु होला !

धन कमाउन मलेसिया,साउदी दुबई छु
राम्रो लगाउन मिठो खान मजदुर हुदैछु
जन्मभुमि आमाबाबा छोडेपछि
बिरानो देशमा आज एक्लै रुदैछु

मर्छु भन्छौ मरेर तिम्रो जित हुदैन
याद गर आयु कसैमा असिमित हुदैन
अनि अजम्बरी पनि छैन जिन्दगी
मरिन्छ तर कहिले त्यो निश्चित हुदैन

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिडनभन्दा
बाटो बनाउँदै हिडन रहर लाग्छ।
हावाकै भर हल्लने कलिला पातहरु छन
अन्जानमै साथित्व खोज्ने कति हातहरु छन
खुसि हुनु के हो र यो मन चिसिएपछि
थाहै हुन्न मुटुमा के कति घातहरू छन

Loading...

यसमा तपाइको मत

अन्य समाचार