चिलिमेको सेयर पनि अब अभौतिकरण कारोबार हुने


chilime

काठमाडौं, पुस 20 । चिलिमे जलविद्युत कम्पनिको सेयर पनि अब अभौतिकरण डिम्याटमा कारोबार हुने भएको छ । कम्पनिले अभौतिकरणका लागि सीडिएस एण्ड क्लियरिङ लिमिटेडमा आवेदन दिएकोमा आज सेयर अभौतिकरण गर्ने सन्दर्भमा सीडिएस र कम्पनिबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा सीडिएसका तर्फबाट देवप्रकाश गुप्ता र जलविद्युत कम्पनिका तर्फबाट प्रशासकीय प्रमुख रामगोपाल शिवाकोटीले हस्ताक्षर गरेका छन् । चिलिमे जलविद्युत कम्पनिको चुक्तापूँजी १०० रुपैंयाका दरले २ करोड ७२ लाख ५६ करोड ३२० कित्ता साधारण शेयर अभौतिकरणका लागि दर्ता सम्झौता भएको छ ।

चिलिमे जलविद्युत कम्पनी सहित हालसम्म डिम्याटमा कारोेबार गर्नै कम्पनीको संख्या १३० पुगेको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार