वीरेन्द्र वंशको हत्या गर्ने को हो ?


ज्यो.पं.पद्मभक्त खरेलोपाध्याय

स्वर्गवासी राजा श्री ५ वीरेन्द्र राष्ट्रपिता श्री ५ त्रिभुवन जस्तै लोकप्रिय प्रजातान्त्रिक होइबक्सिन्थ्यो । आफ्नो राज्याभिषेकका अवसरमा उपस्थित विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख र कूटनीतिज्ञहरुका बीच नेपाललाई शान्तिक्षेत्र बनाइयोस् भनी प्रस्ताव राख्दा त्यो प्रस्तावको पक्षमा ११६ राष्ट्रले समर्थन जनाएका थिए । दक्षिण छिमेकी राष्ट्र भारतले समर्थन जनाइसकेको थिएन ।
विश्वले शान्ति प्रवर्तक राजाको रुपमा श्री ५ वीरेन्द्रलाई चिनेको र जानेको थियो । राजा अति दयालु पनि थिए । जनताको भावना बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह पनि गराइबक्सेको थियो । वि.सं.२०४५ सालमा भारतले १३ महिना नाकाबन्दी गर्दा डटेर सामना गरिबक्सेको थियो । थाइल्याण्ड, बंगलादेश लगायत तेस्रो मुलुकबाट हवाई जहाजबाट पेट्रोलियम पदार्थ ल्याएर मुलुकमा कुनै अभाव हुन दिइबक्सकेको थिएन । तर अहिले तीन महिनामै सरकार थला पर्ने अवस्थामा पुगेको छ । २०४५÷४६ मा कांग्रेस र एमालेले भारतलाई विन्तिभाउ गरेर नाकाबन्दी गरेको थियो भने अहिले मधेस केन्द्रित दलहरुको अनुरोधमा नाकाबन्दी भैरहेको छ ।
वि.सं.२०३७ सालमा पनि भारतले नाकाबन्दी गरेको थियो । त्यो नाकाबन्दी दुई महिना भन्दा बढी टिकेको थिएन । स्वर्गीय राजा महेन्द्रको अन्तर्राष्ट्रिय व्यक्तित्व र कुशल नेतृत्वका कारण भारत नाकाबन्दीमा टिक्न सकेन । त्यसबेलाको नाकाबन्दी राजा महेन्द्रका पालामा कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा सीमा सुरक्षाका नाममा चीनको बोर्डरसम्म अर्थात् हिमालका फेदीहरुका नाका नाकामा तैनाथ भारतीय सेनालाई हटाएर पठाएपछि त्यस्कै बदला स्वरुप २०२७ सालमा नाकाबन्दी गरिएको थियो ।
अहिले जस्तै त्यसबेला गणतान्त्रिक सरकार भएको भए सार्वभौम रक्षाका लागि त्यस्तो निर्णय गर्न सक्थ्यो ? मृत्यु शैयामा पुगेका राजा महेन्द्रले प्रधानमन्त्री कीर्ति बाबुलाई “म मरेपनि मेरो देश बाँची रहोस् ।” हुकुम भएको थियो । राजाहरुमा देशभक्ति हुन्छ भन्ने यो त एउटा सूक्ष्म झल्को हो । राष्ट्र र जनताको हितकै लागि श्री ५ त्रिभुवनले राजगद्दी त्यागेर २००७ सालको क्रान्तिको नेतृत्व लिइबक्सेको थियो । श्री ५ ज्ञानेन्द्रले पनि आफ्नो कारण जनाता असन्तुष्ट हुन्छन् भने राजगद्दीमा बस्नु उपयुक्त नसम्झेर असंवैधानिक तरिकाले चोरबाटोबाट निक्लन आदेश दिएपछि कुनै प्रतिवाद नगरेर गद्दी त्याग गरिबक्सेको थियो ।
राजाले गद्दी त्यागेपछि मुलुकमा शान्ति छाउँछ, विकासले फड्को मार्छ भन्ने कुरा जनता झुक्याउने नियत रहेछ भन्ने त्यसपछिका अशान्ति र अस्थिरताबाट प्रष्टै देखियो । भूकम्प पीडित जनता र नाकाबन्दीको मारमा परेका जनता राजा भएको भए हामी दीन दुःखी र राष्ट्रको यस्तो दुर्दशा हुँदैन थियो भन्न थालेका छन् । राजा भएन भने देश बाँच्दैन भन्ने जननायक वीपी कोइरालाको भनाई यहाँ सार्थक हुँदैछ ।
जननेता मदन भण्डारीले भन्नुभएको एउटा भाषणको सार स्मरणीय भएकाले यहाँ उल्लेख गरिएको छः “जनताले आफ्नो अधिकार पाउँदैनन् भने राजा फाल्दैमा देशमा कुनै परिवर्तन आउँदैन र देश दुर्गतितिर जान्छ ।” मदन भण्डारी र वीपीले भनेका कुराहरु अहिले देउताको बोली जस्तै भएको छ । कांग्रेस र एमालेको घैँटामा कहिले घाम लाग्छ ? हामीले संविधान जारी गर्ने अवस्था आयो भने नेपाललाई हिन्दु अधिराज्य बनाउँछौं भनेर दोस्रो संविधानसभामा भोट हात पारेपछि जनतालाई फेरि धोका दिइएको छ । एक माघले जाडो जाँदैन भन्ने कुरा कांग्रेस र एमालेले भुसुक्कै बिर्सेको छ ।
एउटा कुलङ्घार कुपुत्रले वंश विनाश गर्छ भनेझैँ भारतीय उक्साहटमा बाबुलाई मारेर राजा हुने र मन परेकी केटी विहे गर्ने भारतीय उक्साहटमा दीपेन्द्र अग्रसर भएपछि आफू पनि मरे, वीरेन्द्रको वंश नै नाश भयो । दोष ज्ञानेन्द्रले पाए । वीरेन्द्र वंश नाश गरेको आरोप लाग्यो । उता पारस पनि आफ्नो मान मर्यादामा बस्न सकेनन् । गतिछाडा भएपछि बैरीले मौका पाए । ज्ञानेन्द्रको पक्षमा बोल्ने कोही पाएनन् । ढिलै भएपनि ड्यास माओवादीका महासचिव रामबहादुर थापा बादलले भण्डाफोर गर्दै भन्नुभएको छ “दरवार हत्याकाण्ड र मदन भण्डारीको “हत्या” मा भारतको हात छ । ती दुवै हत्याकाण्ड भारतले गराएको हो । माओवादीलाई दबाउ भन्दा राजाले मानेनन् । हाम्रो आदेश नमान्ने हामीसित जोरी खोज्ने भनेर आफ्नो कुरा नमानेकाले भारतले हत्या गराएको हो ।”
बहुदल पुनस्र्थापनापछि चोरबाटोबाट अर्थ विधेयकको रुपमा नेपालका रहेका सम्पूर्ण भारतीयहरुलाई नागरिकता दिनका लािग पठाएकोमा राजाले लालमोहर नलगाएर यस्मा के गर्ने भनेर सर्वोच्च अदालतमा सोधेर पठाएपछि सर्वोच्चले त्यो विधेयक अमान्य गरेको थियो । जस्ले गर्दा भारतीयहरु नेपालको नागरिकता पाउन वञ्चित भए । त्यस्को बदलास्वरुप राजीव गान्धी मारिएपछि श्री ५ बडामहारानी ऐश्वर्यले मार्न लगाएको भनेर आफवाह फैलाइयो । त्यो कुरा सोनियाको कानमा पनि पुग्यो । त्यसो भए म यस्को बदला लिन्छु, त्यस्को पनि वंश नाश गर्नु भनेकी थिइन् ।

diby
बाघ कराउनु र बाख्रो हराउनु एकैचोटी भने जस्तै नेपालको सर्वस्व भयो । हामीले आफ्नै थैलीको मुख बलियो पार्न सकेनौं । अब अरुलाई दोष लगाएर के गर्ने ? चक्षु छापाका प्रधान सम्पादकले तत्कालीन संवाद सचिव मोहनबहादुर पाण्डेलाई राजा मारिदैछन्, ज्येष्ठमै मारिन्छन् । यो कुरा राजाकहाँ पु¥याइदिनुप¥यो । कि त मलाई भेट्टाई दिनुप¥यो भन्दा “युवराजाधिराजले हजूरलाई मार्दैछन् भन्न सकेनन्, आँट गरेनन् । हतियार भएको ठाउँमा पार्टी नगर्नु, राजपरिवारकै हतियार भएपनि राजा भएका ठाउँमा प्रवेश गर्न नदिनुसम्म पनि भनेको हो । राजाकहाँ सूचना नपुगेर राजवंश नाश भयो । सूचना पाएर पनि हामीले जोगाउन सकेनौं । दुःख लागको छ ।
बारम्बार यो कुरा सम्झना आइरहन्छ । वीरेन्द्र वंशको विनाश भएपछि चिनियाँ प्राज्ञले पनि राजा वीरेन्द्र वंशको नाश भारतको ग्रायण्ड डिजायनमा भएको भनेर उसैबेला आरोप लगाएका थिए । भारतकै ग्रायण्ड डिजायनमा भएको भनेर उसैबेला आरोप लगाएका थिए । भारतकै ग्रायण्ड डिजायनमा वीरेन्द्र वंशको नाश भएको प्रमाण फेला प¥यो भनेपनि भारतलाई कार्यवाही गर्ने कस्ले ?
केहीलाई छाडेर प्रायःमान्छे स्वार्थी छन् । प्रायःमान्छे बलेकै आगो ताप्छन् । मरेकाको पछि कोही लाग्दैनन् । प्रायःमान्छे अवसरवादी छन् । यदि यसो नहुँदो हो त हिजो राजाको शासनकालमा पटक पटक तक्मा थाप्ने, बारम्वार शुभलाभको न्यानोमा लुट्पुटिएकाहरु आज कहाँ छन् ?

 

 

 

राजाको क्षेत्रीय भ्रमणहरुमा भ्रमण टोलीका साथ हेलिकेप्टर चढेर समाचार सङ्कलन गर्न जानेहरुले पनि राजाहरुलाई बिर्सेका छन् । राजा सहितको हिन्दु अधिराज्यको नाममा भोट बटुल्नेहरु सरकारमा सम्मिलित भएपछि उनीहरु पनि मुख लुकाउन थालेका छन् । निजामति पूर्व कर्मचारीहरुको त कुरा छोडौं, राजप्रासाद सेवाका कर्मचारीहरु पनि सिरकमा गुट्मुटिएर बस्न थालेका छन् । स्वर्गीय राजा श्री ५ वीरेन्द्रको ७१ औं जन्मजयन्तीमा जावलाखेल पुग्नेमा पशुपतिभक्त महर्जन, डा.फणिराज पाठक, ज.भरतकेशर सिंह मात्रै थिए । अरु कहाँ पुगे ? कस्को जन्ती गए ? किन लुके ? राजाहरुका शालिकहरुसँग युद्ध गर्ने जमातहरुको गुलियो चटाईमा बिके कि कसो ? दिव्यचक्षु साप्ताहिक, वर्ष ३५ अंक १९

Loading...

यसमा तपाइको मत

अन्य समाचार