यसरी सहयोग गर्ने रे रबिन्द्र मिश्रले


तराई र पहाडका जाडो पीडितलाई यो पटक हामी यसरी सहयोग गर्दैछौं

पहिले-पहिले हेल्प नेपाल नेटवर्कले आफैं लुगा-कम्बल आदी संकलन गरेर अनि किनेर तराईका शीत लहर र पहाडका जाडो पीडितहरूलाई वितरण गर्दथ्यो। तर यस वर्ष धेरै संघसंस्था तथा समूहहरूले त्यो काम गर्न शुरु गरेको हामीले महशुस गरेका छौं।

तीमध्येका कतिपय संघसंस्था र समूहहरूले हामीलाई पनि सम्पर्क गरिरहेका छन् र उनीहरूको लगभग समान समस्या देखियो – संकलन गरको सामाग्री चाहेको ठाउँसम्म लाने र वितरण गर्ने।

त्यसका लागि हेल्प नेपाल नेटवर्कले यसरी सहयोग गर्ने भएको छ:

1. हामीलाई सहयोगको अनुरोध गर्ने पहिलो १० वटा टोलीको ढुवानी र अन्य उचित देखिएको खर्च हामी गरिदिनेछौं। १० वटा टोलीमध्ये ५ वटा तराईतर्फ जाने र ५ वटा पहाड र खासगरी भूकम्प पीडित क्षेत्रमा जाने हुनेछन्। परेको खण्डमा हामी थप सहयोग गर्नेबारे विचार गर्नेछौं।

2. जम्मा गरेको लुगा-कम्बल आदी कम्तिमा एक मिनी टाटा हुनु पर्नेछ।

3. हामीले गरेको खर्च अडिट गराउनु पर्ने हुनाले विधि पुर्याएर खर्च गर्नुपर्ने हुन्छ र सो विधिसँग सहयोग लिनेको सहमति आवश्यक पर्नेछ।

4. तपाईंहरूले त्यसरी लुगा-कम्बल आदी संकलन गर्नुभएको छ र तपाईंले चाहेको ठाउँमा ढुवानी गर्न र वितरण गर्न अफ्टेरो परेको छ भने कृपया हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरूण बस्नेतलाई 9851070860 मा सम्पर्क गर्नुहोला।

यसरी सहकार्य गर्दा धेरैभन्दा धेरै नेपालीहरु एक-अर्कोलाई सघाउन प्रेरित हुनेछन् भन्ने हाम्रो विश्वास हो। तपाईंहरू गर्नुहोस्, हामी होस्टेमा हैंसे गर्नेछौं। (फोटो: हेल्प नेपालले गरेको एउटा पुरानो सहयोगको)

Loading...

यसमा तपाइको मत

अन्य समाचार