२३ बर्षे युवतीको कत्रो डाकागिरि


nani

काठमाडौं, २० पुस । आफुलाई डाक्टर बताएर ठगी गर्दै हिड्ने एक युवती पक्राउ परेकी छिन् । डा सुहाना केसी, सृष्टि केसी, अदिति केसी, भगवती केसी जस्ता नामले झुक्याएर ठग्ने गुल्मीका सुहाना केसीलाई महानगरीय अपराध महाशाखाले सोमबार सिनामंगलबाट पक्राउ गरेको हो। उनले चिकित्सक तथा धनाढ्यका छोरालाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ । डिआईजी सनत केसीको छोरी हु भनेर होटलहरुमा पनि पैसा नतिर्ने प्रहरीले जनाएको छ । उनको बारेमा यस्तो छ प्रहरीको भनाई छ । “नक्कली डाक्टर र डिआईजीको छोरी भनि परिचय दिई ठगी गर्दै हिड्ने युवती पक्राउ” घटना विवरण : काठमाण्डौ, पोखरा लगायत देशका विभिन्न स्थानहरुमा आफू डाक्टर हुँ भनि परिचय दिने र कतै डिआईजीको छोरी भनी परिचय दिई डाक्टर, कलाकर्मी,युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्दै हिड्ने कार्यमा संलग्न युवतीलाई मिति २०७२।०९।१९ गते का.जि.सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि म.न.प्र.परिसर काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति : नाम :- डा.सुहाना, अदिति, सृष्टि के.सि.भन्ने भगवति के.सि. उमेर :- अं.२३वर्ष ठेगाना :- जि.गुल्मी, हस्तिचौर–९ हाल :- काठमाडौं, पोखरा लगायत विभिन्न स्थानहरुमा बसोबास गर्दै आएको । संपर्क नं.:- ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०,९८०३६४२६०६ ९८६७२८४३५५, ९८२५१६२४१८, ९८१४११५२९६, ९८१३०५८८७१ । अनुसन्धानबाट खुलेका कुराहरु : १. ठगी गर्नको लागिडाक्टर सुहाना के.सि.नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी NTC र Ncell का सिमहरु प्रयोग गर्ने गरेको । २. विभिन्न होटलमा गई म डिआईजी सनत के.सि.को छोरी हुँ भनि परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको, बिभिन्न स्टोरबाट सामान लिई ठगी गर्ने गरेको, अन्य ब्यक्तिलाई म डिआईजी हुँ मेरो छोरीको रेख देख गरिदिनु भनि फोन गर्न लगाउने गरेको । ३. १ वर्ष अगाडी पोखराका विभिन्न अस्पतालहरुमाडाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनि संगै बसी ठगी गर्दै आएको, पोखराको स्थानीय पत्रिका ‘हट न्यू’ मा डाक्टर ठग्ने युवती भन्ने समाचार प्रकाशन भए पश्चातः निज ठग्ने उद्देश्यले काठमाडौंमा प्रवेश गरेको । ४. २०७२ वैशाख १३–१४ काठमाण्डौ प्रवेश गरी विभिन्न डाक्टर, युवा तथा होटलमा ठग्दै आएको । ५. मिति २०७१।०६।२६ गते डाक्टर हुँ भनि वैवाहिक सम्बन्ध राख्ने प्रयास गरेकोमा बिवाद हुँदा प्रभाग सातदोबाटोमा १ रात थुनामा रहेको ; दृस्टीले लेखेको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार