पत्र लुकाऊदै कर्मचारी


काठमाडौं – युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई अमेरिकी दूतावासबाट पठाइएको एउटा पत्र मन्त्रालयकै कर्मचारीले लुकाएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीसँग असन्तुष्ट बनेका छन् । केही साताअघि अमेरिकी राजदूत एलाइना बी तेप्लिज भेट्न आउने भनी दूतावासबाट पठाइएको पत्रबारे मन्त्री मण्डललाई अन्तिम समयसम्म पनि जानकारी नगराइएपछि उनले कर्मचारीतन्त्रबाट आफूलाई सहयोग नभएको निष्कर्ष पनि निकालेका छन् ।

स्रोतका अनुसार मंसिर तेस्रो साता राजदूत तेप्लिङ खेलकुद मन्त्रीलाई भेट्न आउने भनी अमेरिकी दूतावासबाट मन्त्रालयमा पत्र पठाइएको थियो । तर, त्यो पत्र मन्त्रीलाई नदिई लुकाइएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार