फेरी विप्लब माओबादीले पेट्रोल बम प्रहार गर्यो


Biplav_Maoist_583838418

 

काठमाडौं, पुष २१ ।  विप्लव माओवादीले भारतीय निर्माण कम्पनी ग्रान्धी मल्लिकार्जुन राव ९जीएमआर० को कार्यालयमा बम प्रहार गरेको छ ।

मंगलबार साँझ मोटरसाइकलमा आएका व्यक्तिले कम्पनीको पुल्चोकस्थित कार्यालयमा मोबाइल र पेट्रोल मिश्रित बम प्रहार गरेको ललितपुर जिल्लाका प्रमखु जिल्ला अधिकारी ऋषिराम शर्माले एभरेष्टदैनिक डट कमलाई बताए ।

कम्पनीको कार्यालयमा भने कुनै क्षति नभएको शर्माले जनाए । “मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बसेकाले पेट्रोल र मोबाइल मिसाएर आगो लगाएर फालेको देखियो ।” उनले भने, “कसल गर्यो भन्ने थाहा हुन सकेको छैन ।”

विल्पव माओवादीले आधिकारिकरुपमा घटनाको जिम्मेवारी नलिएपनि सोही पार्टीले सांकेतिक आक्रमण गरेको पार्टी श्रोतले जनायो । “सांकेतिक आक्रमण हो । राष्ट्रघाती र विस्तारवादीहरुविरुद्ध हाम्रो अभियान अन्तर्गतकै कारवाही हो ।” उनले भने ।  विप्लव माओवादीले जीएमआर र माथिल्लो कर्णाली सम्झौताको बिरोध गर्दै आएको छ ।

जीएमआरले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना जिम्मा पाएको  एभरेस्ट दैनिकले लेखेको छ !

Loading...

यसमा तपाइको मत

अन्य समाचार