प्रमिला परीको गजल :नजर होस महासय मैले साधँ सारेको देखे


prmila

कतिले बहाना त कतिले टारेको देखे।
जित्ने रहर पन्छाउदै हारेको देखे।।

बुढ्यौलीले आफुमाथि आधिपत्य जमाएसी
खजुरले पनि बिस्तारै पात झारेको देखे।

आफ्ना सन्तानबाटै मारिन्छन बाबूआमा।
त्यो जालोमा माकुरो त्यसरी नै मारेको देखे।

तपाई पत्याउनुस या नपत्याउनुस मित्र
मैले कुकुर बिरालो एक ठाउँ नारेको देखे।

सदनमा भन्छन सिमाना मिचेको नै छैन
नजरहोस महासय मैले साधँ सारेको देखे

Loading...

यसमा तपाइको मत

अन्य समाचार