सीमातिर विप्लब माओबादीमा यी कमरेडको कमान


अशोकराज पाण्डे – नेकपा माओवादी सिन्धुपाल्चोक जिल्ला कमिटिको सेक्रेटरी (ईन्चार्ज) मा चिरन तामाङ (हिमाल) सर्वसम्मत्तिले चयन भएका छन् । 

पौष २१ गते सिन्धुपाल्चोकको मेलम्चीमा बसेको माओवादीको १२ औँ पूर्ण बैठकबाट तामाङको नेतृत्वमा ३९ सदस्सीय जिल्ला कमिटि निर्माण गरिएको हो ।

को हुन् तामाङ?
मेलम्ची नगरपालिका-३ मा बाबु कृष्ण बहादुर तामाङ र आमा इन्द्रमाया तामाङको कोखबाट वि.सं २०४२ सालमा जन्मेका तामाङले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । वि.सं २०५६ सालमा अखिलको प्रारम्भिक कमिटिबाट राजनीति शुरू गरेका तामाङ वि.सं २०५७ सालमा अखिल (क्रान्तिकारी) को ईकाई सदस्य हुँदै विद्यालय कमिटि अध्यक्ष भएका थिए भने वि.सं २०६० सालदेखि तत्कालिन माओवादीमा पूर्णकालीन सदस्य बनेका थिए । वि.सं २०६१ सालमा अखिल (क्रान्तिकारी) को सिन्धुपाल्चोक जिल्ला सचिवालय सदस्य र तत्कालीन माओवादी पार्टीको एरिया सदस्यको जिम्मेवारी सम्हाले पश्चात वि.सं २०६२ सालमा काठमाडौं क्रान्तिकारीको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै पुन: वि.सं २०६६ मा सिन्धुपाल्चोक अखिल क्रान्तिकारी जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यस पश्चात अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्य समेत रहिसकेका तामाङ माओवादी बिभाजन पश्चात भने बैद्य माओवादी सिन्धुपाल्चोक क्षेत्र नं ३ को ईन्चार्जको जिम्मेवारी सम्हालेका थिए । बैद्य माओवादीबाट बिप्लव माओवादी बनेपछि भने सिन्धुपाल्चोकको जिल्ला सह-सेक्रेटरी रहेका तामाङलाई हिजो सम्पन्न जिल्ला बैठकबाट जिल्ला सेक्रेटरीको जिम्मेवारी दिइएको माओवादीले जनाएको छ ।

नेतृत्वदायी क्षमता र सरल स्वभावका कारण सिन्धुपाल्चोक जिल्लामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल तामाङ सबैसँग घुलमिल गर्न सक्ने छविका नेताका रूपमा समेत परिचित छन् । कपनअनलाइनबाट

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार