यो बिनाको जीवन पनि सम्भव छ


14470640_1589499488012820_2711720086624037452_n
संगीता रायमाझी नब गायिका
दिनचर्या कसरी बित्दैछ ?
गीत संगीत र भिडियो बनाउने अनि अभिनय साथै पढाई यसैगरी बित्दैछ ।
– संगीत क्षेत्रमा प्रबेश कसरी ? किन ? 
सानै देखिको ईच्छा अनि मेरो लक्ष्यका कारण संगीत क्षेत्रमा लागेकी हँु । जीन्दगीको लक्ष्य प्राप्तिका लागि ।
– संगीतमा लागिरहँदा पढाईलाई असर पर्दैन र ?
समयको ब्यवस्थापन आफूमा भर पर्ने कुरा हो । मैले दुबैलाई मिलाएर समय दिएकी छु त्यसैले पढाई बिग्रेको छैन ।
– नेपालमा संगीतको बजार कस्तो छ ? गीत संगीतबाट बाँच्न सकिन्छ त ?
संगीतको बजार सधै राम्रो नै छ, हिजो आज र भोलि पनि राम्रो नै हुनेछ । बाँच्ने नबाँच्ने भन्ने कुरा भनेको आफ्नो क्षमतामा भर पर्छ ।
– प्राय कलाकारहरु कला क्षेत्रमा रहरमा आउने अनि पलायन हुने गर्छन्,  तपाइ स्थापित हुनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
हो यो संगीत क्षेत्रमा आउने र हराउने त निरन्तर देखिन्छ । तर मेरो संगीत रहर मात्र होइन लक्ष्य हो, म बचुन्जेल यहि छेत्रमा लाग्नेछु र स्थापित हुनेमा बिश्वस्त छु ।
– तपाईं भाग्यमा कत्तिको बिश्वास गर्नुहुन्छ ? भाग्यले मान्छे सफल हुन सक्छ ?
म भाग्यमा पनि बिश्वास त गर्छु तर भाग्यमा बिस्वास गर्दैमा छ भन्दैमा कर्म नगर्नु गलत हो ।
– पत्रपत्रिका र इन्टरनेटलाई कत्तिको समय दिनुहुन्छ ? के कस्ता बिषय पढ्न मनपर्छ ?
अहिलेको समय भनेकै इन्टरनेटको समय हो, त्यसैले मेरो प्राय समय ईन्टरनेटमा बित्छ पत्रिका प्राय कम मात्र पढ्छु । संगीत क्षेत्रको समाचार र जानकारी पढ्ने गर्दछु । अनि उपन्यासहरु पढ्न रुचाउछु ।
– संगीतको सिर्जना कहाँबाट हुन्छ ? जीवनमा को जस्तो बन्ने लक्ष्य छ ?
मन र मुटुबाट हुन्छ । म रु कोहि जस्तो बन्छु भन्ने सोच छैन तर काम निरन्तर गरिरहनेछु ।
– सेक्स किन आवस्यक जीवनमा ? सेक्स बिनाको लाइफ सम्भव छ ?
सेक्स प्रकृति को कुरा हो । यो बिनाको जीवन पनि सम्भव छ तर कम मानिसमा मात्र ।
– अन्त्यमा आफ्नो भनाई….
सबैमा मेरो गीत र मेरो कामलाई  माया गर्नु भन्न चाहान्छु र हजुरहरुको मायाले मात्र म यो क्षेत्रमा रहन सक्छु । .चेष्टाबाट
Loading...

यसमा तपाइको मत

अन्य समाचार