लामो समयपछि जय किशन बस्नेत दिल बिचारामा देखिदै ।


jay-kisan-1जय किशन बस्नेत र सन्जु सिलवालको मुख्य भूमिका रहने गरी ‘दिल बिचारा’ फिल्मको निर्माण गरिने घोषणा गरिएको छ ।

ट्रेन्डी फिल्मस्को व्यानरमा निर्माण हुन गइरहेको यो फिल्मलाई रन्जित सुना मगरले निर्देशन भएका छन । यस फिल्ममा मदन ताम्राकार लेखक तथा कार्यकारी निर्माता हुन् । गराइए फिल्ममा शंकर महर्जनको द्धन्द्ध, दिव्य सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत रहनेछ ।

‘दिल बिचारा’मा सिर्जना भट्टराई, दिनेश शर्मा, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुशुम श्रेष्ठ, रेश्मा मगरको अभिनय रहनेछ ।एक समयका हिट कलाकार जय किशन लामो समय पछी यस फिल्म मार्फत दर्शक माझ आउन लागेका हुन् । जसको कारण चलचित्र खास हुने अपेक्षा गर्न सकिन्छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार