किन हराइरहेका छन मलेशियामा नेपाली ।


rame

-रमेश तामाङ

नुवाकोट फिकुरी गाबिस वडा नं 4 करकले का दिल बहादुर नेपाल, मलेसिया गएको झन्डै दश बर्ष बित्यो , 2063 साल मा मलेसिया हिडेका दिल बहादुर केही समय सम्पर्क मा नै थिए, एक लाख जति पैसा पनी पठाए तर गएको दुई बर्ष पस्चात परीवार संग एक्कासी सम्पर्क नै टुट्यो , अहिले सम्म कुनै अत्तोपत्तो नभए पछी बुवा आम निकै चिन्तित बनेका छन । यो हाम्रो समाज को एऊटा सानो ऊदाहरण मात्र हो । नेपाली हरू को आकर्षक बैदेशिक रोजगारी को गन्तब्य बनेको मलेसिया मा नेपाली हरू हराऊने, बर्षौ बर्ष सम्म परीवार संग सम्पर्क नभएको जस्ता समाचार हरू पटक पटक आऊने गरेका छन् । घर परीवार आफन्त छोडेर केही पैसा कमाऊन परदेश गएको नेपाली हरू ऊतै हराऊनु, नेपाल नफर्कनु को कारण के हो ? आखिर किन हराऊछन मलेसिया मा नेपाली ? थोरै खोतल्ने प्रयास गरेको छु ।
malesiya

मलेसिया मा नेपाली हराऊनु, परीवार संङ्ग सम्पर्क नहुनु को कारण हरू मध्येको सबै भन्दा प्रमुख कारण भनेको अबैधानिक बसाई हो । अहिले मलेसिया मा कति नेपाली अबैधानिक रूपमा छ भन्ने यकिन तथाङ्क न मलेसिया सरकार संग छ, न नेपाल सरकार संङ्ग नै रहेको छ । मलेसिया मा अहिले पनी एक लाख भन्दा बढी कामदार अबैधानिक रूपम रहेको अनुमान गर्ने गरीन्छ । नेपाल मा तोकिएको तलब कम्पनी ले नदिने, आरू कम्पनी मा अबैधानिक रहेर काम गर्दो लेबि बुझाऊनु नपर्ने, मन लागेको काम गर्न पाईने, कमाई राखेको भन्दा केही बढी कमाऊने मनसाय ले मलेसिया मा नेपाली हरू आफ्नो कम्पनी छोडेर अन्य कम्पनी मा जाने गर्दछ । यसरी आफ्नो कम्पनी छोडेर अरू कम्पनी मा जादा नेपाली दुताबास, पठाऊने मेनपावर ले खोजी गर्दा समेत भेटिने सम्भाबना हुदैन । अबैधानिक रूपमा रहेका कामदार हरू बिभिन्न कारण बस् मृत्यु भएमा पहिचान खुल्न नसकेकै कारण बेवारिसे समेत बन्ने गरेका छन ।

मलेशिया खुल्ला तथा कमजोर कानुन भएको मुलुक हो । जहा लागु औषध तथा मदिरा जन्य पदार्थ हरू सजिलै जहिले जाहा पनी पाऊन सकिन्छ । कतिपय नेपाली हरू निरासा, परीवारीक समस्या का कारण कुलत मा फसेर बर्षौ सम्म घर परीवार संग सम्पर्क बिक्षेद गरी बस्ने गरेको पाईन्छ । बिदेश आऊदा लागेको रिन समेत तिर्न नसकेर मलेसिया मा नै बरालिएर जिबन बेथित गर्ने हरू को सख्या पनी निकै रहेको छ । बिवाहा तथा प्रेम सबन्धको कारण पनी बर्षौ देखी नेपाली हरू परीवार संग टाढा भएर बस्ने गरेको पाईन्छ, बिशेष गरी ईन्डोनेसिया, फिलिपिन्स का महिला हरू संग बिवाहिक सबन्ध मा बाधिएर बाल बच्चा सहित अबैधानिक रूपमा बर्षौ देखी बस्ने गरेको छन् ।कतिपय बिवाहित पुरूष हरू समेत नेपाल मा रहेको परीवार संग सम्पर्क तोडेर मलेशिया मा नै बिवाहा गरेर समेत बस्ने गरेका छन । कमाएको पैसा यतै खर्च हुने श्रीमती र छोरा छोरी लाई नेपाल लैजान कानुनी झन्झट हुने समस्या का कारण थुप्रै नेपाली हरू को जिबन अन्योल समेत बन्ने गरेको छ। संगै नेपाली युवा हरू बिभिन्न अपराधिक क्रृयाकलाप मा संलग्न भएर वा कतिपय अन्जान मा फसेर भाषा र कानुनी समस्या का कारण बर्षौ देखी जेल जिबन समेत बिताई रहनु परेको छ । प्रय धेरै युवा हरू को समस्या के देखियो भने केही कमाऊला र फिरौला भन्दा भन्दै बर्षौ बित्ने गरेको धेरै बर्ष बितिसक्दा पनी सोचेको कमाई नहुदा निरास भई घर परीवार र समाज भन्दा टाढा नै बस्न रूचाईएको समेत पाईयो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार