ढलेको त्यो घरमा छानो हाल्ने धोको

रसुवाली कान्छाका केहि मुक्तकमय अभिव्यक्ति



च्यातियकाे चाेलि फेर्न आउछु आमा
याे समाजकाे बाेलि फेर्न आउछु आमा,
दुख नै दुखले भरियकाे हजुरकाे मन
रंगिन बनाउन हाेलि फेर्न आउछु आमा!!

बाख्रा अनि बाङ्गुर पाल साथी
केही नयाँ कामहरु थाल साथी
आफ्नै देशमा सुरुवात गर केहि
बिदेशमा जवानी खेर नफाल साथि

चुहिएको टिनको छानो टाल्ने धोको थो
साहुले बनाको तमसुक बाल्ने धोको थो
सबै सपना चकनाचुर भयो अाज मेरो
ढलेको त्यो घरमा छानो हाल्ने धोको थो

अचेल किन छोरीले भारी बोक्न सक्दैनन
मकै भुटेर दिदा ठेट्ना भो टोक्न सक्दैनन
छोटा लुगा नपठाउ चाइना सरकारअचेल
का केटाले आफुलाइ रोक्न सक्क्दैनन

Loading...

यसमा तपाइको मत

अन्य समाचार