सन्ध्या सापकोटाको दुइ मुक्तक !

तिमीले पनि माया गर्छौ मैले पनि माया गर्छु



बिद्रोह गर्दै सम्पति जोड्नेहरु शहीद भएका छन्
मातृभूमिको हृदय तोड्नेहरु शहीद भएका छन्
देशको लागि बलिदान दिनेहरुको अपमान भयो,
हिंसा मचाई,धरोहर फोड्नेहरु शहीद भएका छन्।।

तिमीले छोडेर जाँदा यो मन डराएको होइन
तिमीलाई सम्झेंर म स्वप्नामा कराएको होइन
तिमीले पनि माया गर्छौ मैले पनि माया गर्छु
तिम्रो मायामा म एकोहोरो हराएको होइन।।

Loading...

यसमा तपाइको मत

अन्य समाचार