बहिर्गमित लडाकु माओवादी केन्द्रका लागि ‘पिलो’


माओवादी ‘जनमुक्ति सेना’का बहिर्गमित लडाकु अन्ततः माओवादीकै लागि ‘पिलो’ सावित भएका छन् । माओवादी नेतृत्वका लागि तिनै लडाकु अहिले सबैभन्दा बढी टाउकोदुखाइ बनेका हुन् ।शान्ति प्रक्रियामा मध्यस्थता गर्न आएको संयुक्त राष्ट्रसंघीय मिसनले 4 हजार 8 लडाकुलाई अयोग्य भन्दै उनीहरूका लागि ६ वटा विकल्प दिएको थियो । जसमा शिक्षा, प्राविधिक सीप, गाउँमै पुनःस्थापनालगायतका विकल्पहरू थिए । तर, माओवादी नेतृत्वले ती कुनै पनि विकल्पमा सहभागी हुन दिएन । माओवादी सेनाका तत्कालीन प्रवक्ता तथा हाल प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले ‘लडाकुलाई मगन्ते बनाउन खोज्दै छन्, हामी झुक्नुहँुदैन’ भन्दै ती विकल्प रोज्न चाहनेलाई पनि नदिएको बताइन्छ ।

विकल्प रोज्न नदिएकै कारण आफूहरूको जीवन बर्बाद भएको निष्कर्षमा पुगेका उनीहरूले पार्टी नेतृत्वसँग आफूहरूलाई लगाएको ‘अयोग्य’को ट्याग सरकारले फिर्ता लिनुपर्ने माग गरेका थिए । माओवादी नेतृत्वले उक्त ट्याग फिर्ता दिलाउने र २ लाख रूपैयाँ दिने भने पनि पार्टी तीनपटकसम्म सरकारमा पुग्दासम्म ती माग सम्बोधन गर्न तत्पर नदेखिएपछि अहिले संगठित भएर पार्टी नेतृत्वविरुद्ध खनिएका छन् । अयोग्य लडाकुको संख्या 4 हजार भए पनि अहिले करिब 1८ सय संगठित भइसकेको बताइन्छ । बुधबार लेख्छ उनीहरूले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पनि घेराउ गरेका थिए । माग पूरा गर्न दबाब दिन पार्टी कार्यालय जाँदा आफ्नै पार्टीले प्रहरी लगाएर नियन्त्रणमा लिएको भन्दै उनीहरू थप आक्रोशित बनेका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार