बार्सिलोना र रियलबीच टक्कर कायमै


लिगमा अब ९ खेलमात्र बाँकी हुँदा पनि स्पेनिस ला लिगामा कसले जित्ने भन्ने अझै तय भइसकेको छैन । दुई पारम्परिक प्रतिस्पर्धी क्लब रियल म्याड्रिड र बार्सिलोनाबीच यसपटकको उपाधि कसले जित्ने भन्ने होड छ ।

लिगमा २९ खेल खेल्दा बार्सिलोनाको ६६ अंक भएको छ । र, उ अंक तालिकामा दोस्रो स्थानमा छ । २८ खेल खेलेको रियलको ६८ अंक छ । एक खेल जित्दा बार्सिलोनाको जति नै खेल खेल्दा रियलको अंक दुरी ५ मा पुग्नेछ । यस्तोमा पनि उपाधि कसले जित्छ भन्ने अझै टुंगो छैन । मेसीको बार्सिलोना की रोनाल्डोको रियल कसले यसपटकको उपाधि जित्छ भन्ने टुंगो अझै छैन । ५८ अंक भएको एथलेटिको म्याड्रिड र सेभिल्ला तेस्रो र चौथो स्थानमा छन् । रियल सोसिडाड ४९ अंकसहित पाँचौ स्थानमा छ ।

अझ यी दुईबीच लिगमा एक खेल बाँकी छ । २४ अप्रिलमा यी दुई टिमबीच लिगको दोस्रो भिडन्त हुँदैछ । गत डिसेम्बरमा भएको पहिलो भिडन्तमा रियलका लागि सर्जियो रामोसले अन्तिम मिनेटमा गरेको गोल मद्दतमा रियलले एकएक गोलको बराबरी गरेको थियो ।

यी टिमले गएराती भएको आ आफ्ना खेलमा फराकिलो जित आत्मसात गरे । बार्सिलोनाले ग्रानाडालाई ४–१ गोल अन्तरले पराजित गर्यो भने रियलले अलाभेसलाई ३–० गोल अन्तरको सहज जित आत्मसात गर्यो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार