मोडेल कलाकार अर्चना भन्छिन : अनुहार देखाएर मान्छे एकछिन मात्र टिक्छ


ललितपुर बिकट बस्ति आश्रंगमा २०५४ सालमा जन्मिएकी अर्चना घिमिरे नेपाली कला आकासमा पाइला चाल्दै छिन। सानै उमेरदेखि कला क्षेत्रमा आउने रहर पालेर यो क्षेत्रमा प्रबेश गरेकी घिमिरेले ८ ओटा सर्ट मुभिमा समेत अभिनय गरिसकेकी छिन । यस्तै उनलाई भर्खर निर्देशक घनश्याम तिमल्सिनाले एक आधुनिक म्युजिक भिडियो समेत खेलाएका छन ।यो क्षेत्रमा केहि गर्ने लक्ष्य सहित आएकी अर्चनालाइ हामीले तीन प्रश्न गरेका छौ।
तपाई के कारण कला क्षेत्रमा प्रबेश गर्नु भो ?
एउटा रहर हो अर्को आफु र आफु जन्मिएको देशलाइ कला मार्फत चिनाउन हो।
तपाईलाइ मोडेल र कलाकार मध्य के को रुपमा स्थापित हुने चाहना छ ?
अनुहार देखाएर मान्छे एकछिन मात्र टिक्छ कला भएको मान्छे जीवनभर टिक्छ ; म कलाकार हुन् चाहन्छु सबै किसिमले पूर्ण कलाकार ।
प्रेम के हो ?
प्रेम सबै प्राणीको जीवन जिउने आधार हो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार