“टुक्रिएको मुटु ” ले गरायो आर्यनको चर्चा


भनिन्छ इच्छा चाहना गरे समयले पनि साथ दिन्छ । प्रबिधिले हाम्रा इच्छा चाहनालाई सजिलै परिपुर्ति गर्दिएको छ । रोजगारीको सिलसिलामा आफ्नो देस बाहिरै रहेर पनि मनका ईच्छा चाहाना र रहरहरुलाई पुरा गर्दै पुर्वी जिल्ला शिन्धुलीमा जन्मिनु भएकाे गायक सङ्गीतकार तथा गितकार आर्यन खत्रीले आफ्नै स्वरमा पहिलो अाधुनिक गित “टुक्रिएको मुटु ” सार्बजनिक गराउन सफल भएका छन । हाल कुवेतमा कार्यरत खत्रीको गीतमा गितकार आर्य राईकाे उत्कृष्ट रचना तथा बरिस्ठ सङ्गीतकार बुद्ध सायमिको सङीतमा रहेकाे छ । गित अहिले बजारमा चर्चामै रहेकाे छ र संतोषजनक प्रतिक्रियाहरू अाईरहेका निर्माण पक्ष्यको दाबी छ ।
सिन्धुली जिल्लामा बुबा चित्र बहादुर खत्री र अामा लिला माया खत्रीकाे काेखबाट जन्मेका गायक,सङीतकार तथा गीतकार आर्यन खत्री यही कारण पनि निकै खुसि छन ।
काठमाडौंको बसुन्धरामा बसोबास गर्दै आएका खत्रीले २०१० देखि संगीत क्षेत्रमा प्रवेश तथा याेगदान गरिरहेका छन ।हालै अाधुनिक गित “टुक्रिएको मुटु ” र “मैले भन्दा धेरै माया-२” गित बजारमा सार्बजनिक पनि भईसकेका छ । केही समयपछि अर्को गीत पनि छिटै ल्याउने तयारीमा च्न उनी ।
गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । निर्देशन तथा छायांकन चन्द्र स्यङतनको रहेको छ , गीतको रकर्ड , भिडियो तथा पोस्ट Production अडियो नेपालका बुद्ध सयमिले गरेका छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार