जीवन दृष्टि – मुना पुरी काेपिला


 

इहलिला लाग्छ राेकुुँ राेकुँ तर बाँच्नुनै पर्ने
दुई दिन हाे थाहा छ जीवन सके हाँस्नुनै पर्ने
ईश्वरकाे राज सब तिर अाफु खुशी कहाँ हुनु
सास लिँदा अन्तिम चाेटि नि पर्छ उसैलाई साेध्नु

सफल हुन लाेभ तृष्णा भुलुँ भन्छ याे जिन्दगानी
सारै जाली संसार छ नी याे प्रेम खाेज्छ जवानी
यस्तै गर्दा फरक माेडमा पुग्दछ है जीवन
रन्थनिँदै गर्दा चक्रव्यूमा चुक्दछ है निसान

टाल्याे एक अनेक टाल्दैमा जाँदछ हिँउद बर्खा
किन लाग्छ मानवलाईनै शान्त मनकाे तिर्खा?
असन्तुष्टि भै कट्दछ जीवन बाँचे पलपलामा
त्यही पल लाग्दछ स्वादिष्ट साेच्दा डुब्ने बेलामा।

Loading...

यसमा तपाइको मत

अन्य समाचार