रसुवाका बलराम एनएमएको सदस्यमा उठ्ने


नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचन नजिकिएसँगै निर्वाचन माहोलले पर्यटन बजार तातेको छ ।  शेर्पा समुदायकै बाहुल्यता रहेको भनिए  पनि रसुवाबाट पर्यटन व्यवसाय तथा सामाजिक क्षेत्रमा उदाएका बलराम न्यौपाने सदस्यका लागि भिड्दै छन् ।

नेपालको पर्यटन बजारमा चर्चित नाम होे बलराम न्यौपाने । विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल उहाँको बास्तविक नाम भने दुर्गानाथ न्यौपाने हो । न्यौपाने पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सानै उमेरदेखि होटल तथा ट्रेकिङमा सामान्य काम थालेका उनलाई यस क्षेत्रले मोहनी नै लगायो ।

जसको कारण उनी यो क्षेत्र छाडेर अन्त जानै सकेनन् । २०३६ तिर उनी काठमाण्डौ हानिए । काठमाण्डौ आइसकेपछि भने उनको संघर्षको रुप केही फरक ढंगबाट सुरु भयो । चिनजानकै साथीबाट आमाडब्लम ट्रेकिङ ठमेलमा टे«किङ गाईडको काम पाए । २ बर्षसम्म ट्रेकिङको काम गरेपश्चात सन १९९३ मा साझेदारीमा हिमाल भेन्चर ट्रेक नामक कम्पनी सुरु गरे । पर्यटनमै भविष्य देखेका उनले मैदान छोडेर बाहिरी सकेनन । अन्तत २००५ मा रसुवा ट्रेक प्रालि स्थापना गरेर जीवनको नयाँ अध्यायको सुरु गरे ।

सामाजिक कार्यक्रम समेत उत्तिकै सक्रिया उनको पहलमा रसुवामा कयौ बाटो, पुलपुलेसा र शिक्षा क्षेत्रको सुधारमा कामहरु भएका छन् । केही समय अगाडिमात्र शिक्षा मन्त्रालयले समेत उनलाई रसुवा नुवाकोट क्षेत्रको शैक्षिक विकासमा उल्लेख्य भुमिका खेलेको भन्दै सम्मानित गरिसकेको छ । साथै सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत उहाँले ठूलो सहयोग गर्दै आउनु भएको छ । उहाँ सामाजिक सेवामा पनि त्यतिकै लागिरहनु भएको छ ।

जीवनको झन्डै तीन दशक समय नेपालको पर्यटन प्रवद्र्धन र सामानिक कार्यक्रम विताएका उनै बलराम अर्थात दुर्गाप्रसाद नेपाल पर्वतारोहण संघको अव हुने निर्वाचनमा स्वतन्त्र तर्फका उम्मेदवार जिम्बा जाङबु शेर्पा समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

उनले नेपालको पर्वतीय पर्यटनको विकासमा आफुले केही योग्दान गर्न चाहेको कारण एनएनएमा उम्मेदवारी दिएको भन्दै आफुलाई निर्वाचित गराउन आग्रह समेत गरेका छन् ।  उनले भने ‘मैले जीवनमा लामो समय नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गरे । जसको कारण आज सम्म मैले प्राप्त अनुभवहरुलाई म नेपालको पर्वतीय पर्यटनको विकासमा लगाउन चाहन्छु सो ही कारण एनएमएको सदस्य पदमा मैले उम्मेदवारी दिएको हुँ ।’

Loading...

यसमा तपाइको मत

अन्य समाचार