कालो झण्डा प्रर्दशन


सिद्दार्थ कलेज क्याम्पसमा विप्लव निकट अखिल(क्रान्तिकारी) कालो झण्डा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन सिद्दार्थ बहुमुखी क्याम्पसले अायाेजना गरेको स्थानीय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरिरहेकाे बेला उक्त प्रर्दशन भएको हाे । बाणगंगा नगरपालिका मेयर र उपमेयर सहित सबै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । अखिल(क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा पुगेको याे समुहले कालेा झण्डा देखाएका थिए भने उनी अध्यक्ष उक्त क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन काेषाध्यक्ष हुन् भने अर्का निराजन थारु सदस्य र शारदा भण्डारी नेपाल अार्दश बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनको स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुन् । अध्यक्ष रुपा बुढा मगरका अनुसार हाम्रा स्ववियु सभापति सुशील खत्रीले स्ववियु मान्यता अनुसार अाफुहरुलाई कुनै पनि सल्लाह नगरि एकलाैटि अायाेजना गरिएको र क्याम्पस प्रशासनले पनि हामीलाई कुनै पनि जानकारी नदिई उक्त कार्यक्रम गरिएको कारणले हामीले बहिष्कार गर्न बाध्य भएका हाैं ।
साथै हामीलाई नवनिर्वाचित जनप्रतिनिधिहरुबाट क्याम्पस प्रशासनमा हस्तक्षेप गर्ने उदेश्यले क्याम्पसमा उक्त कार्यक्रम हामीलाई अमान्य हुने बताईन् । प्रहरी प्रशासनको बलमा क्याम्पस प्रशासनले गरेको एकलाैटि कार्यक्रमकाे बिराेध जनाएका छन् । उनिहरुले कालाे झण्डा देखाउदै स्ववियु सभापतिकाे एकलाैटि निर्यण बन्द गर् ।, क्याम्पस प्रशासन मुर्दावाद । , निर्वाचित जनप्रतिनिधिहरु मुर्दावाद । , स्ववियु सभापतिले राजिनामा दे ।, क्याम्पस प्रशासन प्रमुखले राजिनामा दे । , शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी दमन बन्द गर् ।, प्रहरी प्रशासन मुर्दावाद् ।, क्याम्पस हाताभित्र प्रहरी प्रशासन छिर्ने काम बन्द गर् बिद्यार्थी माथिकाे दमन बन्द गर् । अखिल(क्रान्तिकारी) जिन्दावाद । लगायतका नारावाजी गरेका थिए । क्याम्पस प्रशासन र स्ववियु सभापतिले कार्यक्रम स्थलको मुलगेटमा व्यापक नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि पत्रकारहरुलाई समेत निषेध गरि कार्यक्रम गरिएको थियो । प्रहरी द्दारा धरपकडकाे प्रयास समेत गरिएको उनलेे बताईन् यस्तो प्रक्रियाबाट किन क्याम्पसले बिद्यार्थीकाे स्ववियु निर्वाचन किन गर्नु पर्याे भन्दै प्रतिप्रश्न पनि गरिन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार