रसुवामा पैसाको राजनीति अन्त्य हुनुपर्छ :उपाध्याय


नेपाली कांगेस रसुवाका युवा नेता जनक जीबन उपाध्यायले नेपालको राजनीतिमा शुद्दीकरण आबश्यक रहेको धारणा व्यक्त गरेका छन । मुलत राजनीतिमा विचार प्रमुख हुन्छ ;आदर्श र त्याग बिनाको राजनीतिले मुलुकलाइ माथि लान सक्दैन । उनले भने -रसुवाकै सन्दर्भलाइ कुरा गर्दा नुवाकोटबाट डीबी लामा आउनु भो चुनाब जित्नु भो । त्यतिबेला पैसा खेल भएको थियो ;जसलाई आजपनि बिम्ब रुपमा उठाइन्छ ।
दुखद कुरा यो छ कि एकदिन पनि राजनीतिको लागी हिरासत नबसेको मान्छे एकाएक मास लिडर हुन्छ । त्यागी मान्छेहरुलाइ उ शासन गर्न खोज्छ । रसुवा र मनाङ्ग मात्र होइन पैसाले राजनीति गर्नेहरुले देश नै सखाप पार्छन । उपाध्याय भन्छन – राजनीति पैसाको थैली बोकेर हुदैन । कोही यसरी राजनीति गर्न आउछ भने उबाट सचेत हुनैपर्छ ।रसुवा जस्तो जिल्लालाइ हामीले विचारले उठेको जिल्ला बनाउन जरुरी छ । रसुवामा सबैमा सन्देश छर्न जरुरी छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार