नेपाली कांगेस गुदी नभएको प्रजातन्त्रको ब्यापारी हो :गैरे


नेपाल समाजबादी कांग्रेशका सचिब बिष्णु गैरेले बिश्वमा प्रजातन्त्रको अभ्यास नभएको दाबी गरेका छन् । हामीले जेलाइ प्रजातन्त्र भनिरहेछौ त्यो प्रजातन्त्र होइन ! गैरे भन्छन -अमेरिका ब्रीट्रीस कोलनीबाट मुक्त भएर स्वतन्त्रता अभ्यास गरिरहेको मुलुक हो । बेलायतमा चर्च र कुलीनहरुको आपसी सम्झौता मात्र छ । इन्डिया त् झन् सुरक्षित औधोगिक प्रजातन्त्र मानिरहेको मुलुक हो ।यसैले अहिले विश्वमा प्रजातन्त्रको संकट छ ।
गैरेको पार्टीले अहिले सबैधानिक प्रजातन्त्र ;हिन्दु राज्य र रास्ट्रिय सरकारको मुद्दा उठाईरहेको छ । यस पार्टीले नेपाली कांगेसलाइ गुदी नभएको प्रजातन्त्रको ब्यापारी घोषणा गरेको छ । कुनै समय आफ्नै पार्टीमा काम गरेका व्यक्तिहरुको भएकोले नेपाल समाजबादी कांग्रेश अहिले नेपाली कांगेसका निम्ति टाउको दुखाइ भैरहेछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार