सँझ्या साहित्य’ मा तीन कविहरुले कविता सुनाए !


मध्यपुर थिमिको लोहकिल्थलीस्थित ॐ ज्ञान मन्दिर सेकेन्डरी स्कुलमा प्रत्येक महिनाको दोश्रो शनिवार सम्पन्न हुने ‘सँझ्या साहित्य’ को २०७४ साल भदौ १० गते शनिवारको शृंखलामा कविहरु मातृका पोखरेल, स्वप्निल स्मृति र अमृता स्मृतिले आफ्ना आठआठ वटा कविता वाचन गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै युवा समालोचक एवम् सँझ्याका अभियन्ता महेश पौडेलले कला र कविताका लागि तीन वर्षदेखि समावेशी कार्यक्रमको पहिलो नमूना कार्यक्रम गरिरहेको बताउँदै नेपालकै उत्कृष्ट काव्यिक कार्यक्रम भक्तपुरमा गर्ने आफ्नो उद्देश्य रहेको बताए ।

कार्यक्रममा सँझ्याका अर्का अभियन्ता रामगोपाल आशुतोषले ‘सँझ्या साहित्य’ युवा साहित्यकारहरुको बीच लोकप्रिय हुँदै गएकोमा खुसी प्रकट गरे ।

कविहरूको बाक्लो उपस्थितिका बीच युवा कवि विक्रम पवन परियारलेपनि कार्यक्रमको अन्तमा एउटा कविता प्रस्तुत गरेका थिए ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार